रामग्राम ३ घोडापालीमा परपुरुषसँग अनैतिक सम्वन्ध राखेकी श्रीमतिद्धारा श्रीमानको हत्या

0

डोलराज रानाभाट, ३ असोज । रामग्राम नगरपालिका ३ घोडापाली आदर्श टोलमा श्रीमतीले हत्या गरी लुकाइएको श्रीमानको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाका अनुसार तारा भनीने रविन्द्र प्रसाद पाण्डेको शव आज फेला परेको हो । गत भदौ १८ गतेखि वेपत्ता भएको भनी खोजतलास गर्दा प्रहरीले आज हरिसुशील आधारभूत विद्यालयको सेफ्टी ट्याकी भित्र शव गलेको अवस्थामा फेला परेको हो । पाण्डेको श्रीमती सरस्वती पोख्रेल पाण्डे परपुरुषसँग अनैतिक सम्वन्ध भएकाले श्रीमानको हत्या गरीएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थापाले जानकारी दिनुभयो । अहिले पाण्डेको श्रीमती सरस्वतीलाई पक्राउ गरिएको र परपुरुष भनिनेको खोजी कार्य जारी रहेको जनाइएको छ ।

Share.

Leave A Reply