गैडाकोटमा भएको झम्टा नाच प्रतियोगितामा जनचेतना आमा समुह बेल्डिहा प्रथम

0

पुष्कर अधिकारी,गैंडाकोट,२ असोज । जीतीय पर्वको अवसर पारी थारु कल्याणकारीणी गैँडाकोट नगर समितिले चौथो झम्टा नाच प्रतियोगिता गरेको छ । जसमा जनचेतना आमा समुह बेल्डिहा प्रथम , मटकुरी आमा समुह द्धितिय , पुष्पाञ्जली आमा समुह मालपुर तृतिय भएका छन । प्रथम, द्धितिय, तृतिय समुहलाई क्रमश ३हजार , २ हजार १ हजार र सहभागि अन्य समुहलाई सान्तवना पुरस्कार स्वरुप ५ सय प्रदान गरिएको थारु कल्याणकारी समीती गैडाकोट नगरसमितिका सल्लाहाकार फौद बहादुर महतोले जानकारी दिनुभयो । प्रतियोगितामा १२ समुहको प्रतिस्पर्धा भएको थियो ।


कार्यक्रममा प्रमुख अतिथी थारु कल्याणकारी समीतीका केन्द्रीय सदस्य बिरेन्द्र चौधरीले जितिया पर्वको धार्मीक र सांस्कुतिक महत्व रहेको बताउदै यसलाई सबैको साझा पर्व बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । चौधरीले यस पर्वले भाईचार र आपसी माया ममता बढाउन सहयोग पुग्ने बताउनुभयो । यो पर्वको महत्व धेरै रहेको बताउदै यसको संरक्षणमा लागीपर्ने बताउनुभयो, कार्यक्रमा बोल्दै बिशीष्ट अतीथी थारु कल्याणकारी समीतीका महिला सभा केन्द्रीय सदस्य हरीमाया महतोले नया पुस्तालाई यस पर्वको महत्व बुझाएर अगाडी बढन आवश्यक रहेको बताउनुभयो ।


थारु कल्याणकारी समीतीका पुर्ब जील्ला सभापती गणेशमान महत्तो ,वडा अध्यक्ष संघसस्थाका प्रतीनीधी स्थानीयका उपस्थीती रहेको थीयो । उहाहरुले जीतीय पर्वको धार्मीक र सांस्कुतिक महत्व नया पुस्तालाई बुझाउदै पर्वको संरक्षण गर्दे अघि बढनुपर्ने बताउनुभयो । कार्यक्रमको अध्यक्षता थारु कल्याणकारी समीती गैडाकोट नगरसमितिका अध्यक्ष लक्ष्मीप्रसाद चौधरीको अध्यक्षतामा भएको हो ।

Share.

Leave A Reply