आइपुग्यो डेढ अर्बको हेलिकप्टर

0

०२ असोज । डेढ अर्वको हेलिकप्टर काठमाण्डौ आइपुगेको छ । भीभीआईपीका लागि खरिद गरिएको महंगो र अत्याधुनिक नयाँ हेलिकप्टर आज काठमाडौं आइपुगेको हो। १४ मिलियन युरो मूल्यको सो हेलिकप्टर सरकारले नेपाली सेनामार्फत झिकाएको हो । हेलिकप्टर सेप्टेम्बर २ मा इटलीबाट उडेको थियो।
दिउँसो १२ बजेर ५३ मिनेटमा त्रिभुवन विमानस्थलमा ओर्लिएको उक्त हेलिकोप्टर ४६‍ घन्टा उडेर काठमाडौं आइपुगेको हो ।इटालीबाट ग्रीस, इजिप्ट, दुबई, बहराइन, ओमान, पाकिस्तान, भारत हुँदै उक्त हेलिकोप्टर काठमाडौं ल्याइएको हो।

राष्ट्रपति, प्रधानमन्‍त्रीलगायत अति विशिष्ट व्यक्तित्वको विशेष सवारीका लागि प्रयोग गरिने उक्त हेलिकोप्टर सेनामार्फत संचालन हुनेछ। यसलाई त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ अड्डा ११ बाहिनीमा राखिएको छ।

इटालीमा बनेको उक्त हेलिकोप्टरमा अत्यधुनिक सुविधानसम्पन्‍न सिट छन्। भाइब्रेशनन र साउण्डप्रुफ सुविधा रहेको उक्त हेलिकोप्टर पहिलोपटक नेपालमा ल्याइएको हो।

Share.

Leave A Reply