नारायणी पुलबाट ज्यान फाल्दै नागरिक ! रोक्ने पहल खै ? केहि उचाईसम्म तारजाली लगाउन सुझाव

0

डोलराज रानाभाट, गैडाकोट,१ असोज । सुन्दै आङ जिरीङ बनाउने । उमेर २५ वर्ष । २५ वर्ष त्यो उमेर हो जसले हरेक कामलाई समाधान गर्ने आँट, क्षमता, धैर्यता र शाहस राख्दछ । परीवारलाई छुट्टै परिवर्तनको महसुस गराउने बाटोमा रहेको हुन्छ । समाजको एक जिम्मेवार नागरिक भएर निस्कन्छ । अझै महत्वपूर्ण कुरात भविष्य उज्यालो बनाउने गरी कुनै एक मार्गमा हिँडिरहेको हुन्छ । त्यहि उमेरलाई १० सकेण्डमै तहस नहस गराउने गरी नारायणीको पुलबाट हाम फाले, भरतपुर ११ मालपोत चोकका २५ बर्षिय उदार पौडेल । असोज १ जसले नेपालीहरुकै ठूलो चाड दशैँ नजिकिएको संकेत गरीसकेको छ ।

आजै फलाम सम्वन्धि भगवानको पुजा गर्ने विश्वकर्मा पुजा । अनि २५ वर्ष उमेरको युवा त्यहि फलामको प्रयोग गर्दैै ज्यान फाले । स्कुटरमा आएका युवा स्कुटर रोके र हाम फालेको बताइएको छ । यद्यपी युवाको खोजी र घटनाको थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

नारायणी नदि माथि रहेको पुलले पूर्व पश्चिम राजमार्ग त जोड्छ जुन देशकै पूर्व देखि पश्चिमसम्म यात्रा गर्ने हजारौँको परिवारलाई हरेक दिन मिलन गराइरहेको छ तर पछिल्लो क्रममा यहि पुलको साहारा लिदै परिवारसग मात्रै होइन संसारसँगै सम्वन्ध टुटाउन पनि उत्तिकै सहयोग गरिहेको छ । हुन त पुलको के दोष जव विश्वकै सर्वश्रेष्ठ मानिएको मानिसनै आएर हाम फाल्छ । आजको घटना मात्रै पहिलो घटना भने होइन यस अघि पनि एक युवती फिल्मी शैलीमा पुलबाटै हाम फालेर ज्यान फालेकी थिइन् । गत जेठ ३१  नारायणी नदीको पुलबाट हामफालेर एक महिलाले आत्महत्या गरिन्। नवलपरासीबाट दाजुसँगै स्कुटीमा चितवनस्थित घर जाँदै गरेकी ती महिलाले स्कुटीबाट ओर्लिएर नदीमा हाम फालेकी थिइन्।

त्यसपछि अर्की एक महिलाले पनि हाम फालेरै ज्यान फालेकी थिईन् । मानिस आत्महत्या किन गर्छ त्यो सवैलाई प्राय थाहा छ त्यसैले आत्महत्या गर्नुपूर्व गरिने काउन्सिलिङले व्यक्तिको ज्यान बच्छ तर नारायणी पुलमा त्यो वातावरणनै वन्दैन । गुड्ने मात्रै होइन हिँड्ने मानिसहरुको पनि संख्या कति हुन्छ कति तर नारायणगढ र गैडाकोटसम्मको यो पुल यात्रामा सवारी साधनमा आउने र जहाँ पातलो हिँडाई मानिसहरुको छ त्यहिबाट हाम फालिहाल्ने प्रवृतिले न उसको ज्यान बचाउन सकिएकाे छ न उसको ज्यान समयमै भेट्टाउन । कारण सवैलाई थाहा छ तर न नागरिकको रक्षा गर्ने सरकार केहि बोल्छ न स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरु आवाज उठाउँछन् ।

जव मानिस पुरै डिप्रेसनमा हुन्छ अनि आत्महत्या गर्छ वा बढि रिस,आवेग, तनावमा मानिस आत्महत्या गर्छ, सामान्य वुझिने अवस्था यहिनै हो । यहि अवस्थामा कसैले २ देखि ५ मिनेट काउन्सिलिङ गर्न सक्यो भनेमात्रै पनि नागरिकको ज्यान बचाउन सकिन्छ र उसले नयाँ तरिकाले आफ्नो जीवन जिउन सक्छ तर त्यो वातावरण पुलमा पाइदैन । धेरै पटक इलाका प्रहरी कार्यालय गैडाकोट र जिल्ला प्रहरी कार्यालय चितवनमा पनि यो कुराको प्रश्न गर्दा उहाँहरु सकारात्मक हुनुहुन्छ की पुलको दायावायाँनै केहि उचाईसम्म तारजाली गरे कोही हामफाल्नै लागिहालेपनि त्यसलाई रोक्न सकिन्छ र बचाउन सकिन्छ । अर्को विकल्प भनेको सिसिटिभीको जडान । पुलको केहि उचाईसम्म तारजाली र सिसिटिभि जडानमात्रै हुनसक्यो भने पनि बढिरहेको ज्यान फाल्ने घटनालाई रोक्न सकिन्छ र उसलाई बचाउन सकिन्छ ।

नारायणगढ तर्फ सशस्त्रको क्याम्प भएपनि व्यक्ति हामफालिसकेपछि खोज गर्दा भेट्टाउने कमै गरेको छ । त्यसैले एउटा विशेष टोलीको व्यवस्था गर्ने जसले सिसिटिभी निगरानी गर्ने र तारजालीमा चढ्दैगर्दा उद्धार गर्न जाने टोली सधैँ तयार पार्न जरुरी छ । यसतर्फ सवैले तत्काल ध्यान दिन आवश्यक छ र अकालमै ज्यान फाल्ने नागरीकलाई जोगाएर उसलाई नयाँ तरिकाले जिउन सिकाउनुपर्दछ । हुनत राष्ट्रिय मिडियामा नआएसम्म सरोकारवाला वा जनप्रतिनिधिहरुले नागरिकले फालेको ज्यानलाई खासै वास्ता नगर्ने प्रचलन याथवतै नै छ तर केहि रकम खर्चिएर यसो गर्न सकियो भने धेरैले अकालमै फाल्न खोजेको जिवन बचाउन सकिन्छ ।

आजको घटनामा २५ वर्षिय युवक भरतपुर महानगरपालिका ११ मालपोत चोकका २५ बर्षिय उदार पौडेल वेपत्ता भएका हुन् । वेपत्ता पौडेलको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । हामफाल्ने युवाको पछिपछि आएका अर्का एक युवाले तानेर रोक्ने प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

युवाले हाम फालेपछि एक युवती आएर ठूलो स्वरमा रोएकी प्रत्यक्षदर्शीले बताएका छन् । विहान साढे १० बजे पुलबाट नदिमा हाम फालेका युवालाई बचाउन अर्को बाईकमा आएका एक युवाले ति युवालाई तानेर रोक्ने प्रयास नगरेका होइनन् तर हामफालिहालेपछि कसरी सम्भव छ र ? यही थोरैको सेकेण्डलेपनि ज्यान जोगाउन सकिरहेको छैन भन्ने वुझ्नुपर्दछ । पुलको पश्चिमबाट हाम फाल्न खोजेका उनिसंगै आएका पुरुषले तानेर रोकेपछि ति पुरुष पुलको अर्को कुनातिर भागेर पुर्व पट्टिबाट हाम फालेको प्रत्यक्षदर्शीहरुको भनाई छ ।

लगाइएला त तारजाली अनि जोडिएला सिसिटिभी ? राखिएला विशेष टोली ?

अात्महत्या सम्बन्धीकाे समाचार पनि

https://nepalsamaya.com/news/17219

Share.

Leave A Reply