‘नेकपा र काँग्रेसको शत्रु भ्रष्टचार’ गण्डकी प्रदेश मन्त्री बस्नेत : ‘स्याउ भारतबाट त के अर्को प्रदेशबाट सम्म किन्न नपरोस्’

0


डोलराज रानाभाट, गैडाकोट, ३१ भाद्र । गण्डकी प्रदेशका भौतिक पूर्बाधार बिकास मन्त्री रामशरण बस्नेतले नेकपाको शत्रु काँग्रेस र काँग्रेसको शत्रु नेकपा नभएको र सवै पार्टीको शत्रु भ्रष्टचार भएको भन्दै यसका विरुद्ध सवै एकजुट हुन आह्वान गर्नुभएको छ । पुर्वी नवलपरासीको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १९ औं बार्षिक साधारण सभा तथा ओभरहेड ट्याकीको शिलन्यास पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले जनप्रतिनिधि भएर आएपछि जनताको मन छुनेगरी विकास गर्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले गाउँको विकासकालागि धेरै रकम पठाउँदा पनि विकासको गति तिव्र हुनुपर्नेमा भ्रष्टचार मौलाएको भन्दै रकमको सहि सदुपयोग भयोकी भएन त्यसको निगरानी र खवरदारी गर्न सवैलाई आग्रह गर्नुभयो । गण्डकी प्रदेश सरकारले ५ वर्षभित्रमा जनतलाई सिँहदरवार घरघरमा आयो भन्ने महसुस गराउने र त्यसका लागि प्रदेश सरकार निरन्तर लागिपरेको बताउनुभयो । हालसम्म १८ हजार घरधुरीमा खानेपानी पुर्याएको र ५ वर्षभित्र एक घर एक धारा र सवैघरमा विद्युत पुर्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । २ करोडमा बन्ने ओभरहेड ट्याङ्कीका लागि प्रदेश सरकारले हाल २० लाख विनियोजन गरेको र यसलाई आवश्यक अरु बजेट सहित समयमै काम सक्ने मन्त्री बस्नेतको दावी थियो । संघीयता आएपछि नवलपुरले धेरै सुविधा पाएको भन्दै उहाँले विस २०३२ सालमा आफूले देखेको नवलपुर र अहिले धेरै परीबर्तन पाएको उहाँको दावी थियो । उहाँले आगामी कात्तिक महिनाबाट यातायात सम्वन्धि सम्पूर्ण सेवा नवलपुरबाटै दिने गरी काम अघि बढेको र लाइसेन्सका लागि अव हेटौडा लगायत अन्यत्र जान नपर्ने बताउनुभयो । कात्तिक बाट ड्राइभिङ लाईसेन्स दिनेगरी व्यवस्था मिलाउने बताउनुभयो । नवलपुरका सवै घरमा विजुली पुर्याउने गरी नेपाल विद्युत प्राधिकरणसँग सहकार्य भएको र सवै घरमा विजुली र पानी पुर्याउने उहाँको भनाई छ । अव गण्डकी प्रदेशलाई आत्मनिर्भर वनाउन नवलपुरले धान उत्पादनमा लाग्नुपर्नेमा जोड दिँदै अहिले कृषिका लागि अनुदान दिँदै मोडल फर्म निर्माणलाई जोड दिएको भन्दै मासु,अण्डा, केरा र फलफूल स्याउमा आत्मनिर्भर हुने उहाँको भनाई छ। भारतको त परको कुरा अर्को पर्देशको पनि फलफूल किन्न नपरोस उहाँको भनाई थियो । पर्यटनको क्षेत्रमा पनि यो ठाउँ अघि रहेको भन्दै एक सिँगे गैडा हेर्न पाइने ठाउँ भएकाले यसको विकासमा लाग्न आग्रह गर्नुभयो । हिजो केन्द्रीकृत शासन व्यवस्थाको अन्त्य गरेर अहिले संघीयता ल्याएको र त्यसैले जनताको मन छुने गरी विकास गर्नुपर्नेमा उहाँको जोड थियो। हिजोको तिता कुराहरुलाई विर्सिएर जनप्रतिनिधिहरुले सकारात्मक मन र चिन्तन सहित जनताको विकासमा लाग्न आग्रह गर्दै स्थानीय सरकार आएसँगै भ्रष्टचार मौलायो भन्ने नपार्न सुझाव दिनुभयो ।

Share.

Leave A Reply