जलुके खानेपानी गैडाकोटको नयाँ नेतृत्वमा आज सहमति जुटेन

0

३१ भाद्र, गैडाकोट । जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि सहमतिको समयसीमा आज सकिएको छ । निर्वाचन समितिले भाद्र ३१ गते (आज) ४ बजे सम्ममा सर्वमान्य हुने गरी नामावली आए त्यसैलाई पारित गर्ने र नआएका खण्डमा १ गतेबाट चुनाव गर्ने तयारी गरेको थियो। नेतृत्वमा आकाङ्क्षीहरु बढि देखिएपछि निवर्तमान र पूर्व अध्यक्षहरुलाई सहमतिका लागि समयसीमा तोकिएको हो । तर समयसिमा अहिलेसम्म कुनै पनि सहमतिको नामावली नआएको निर्वाचन समितिका संयोजक लालमणी पौडेलले जानकारी दिनुभयो । भोलि विहान निर्वाचन समितिको बैठक वस्ने पौडेलले जानकारी दिनुभएको छ । ९ औँ अधिवेशन सम्पन्न गर्नका लागि यसअघि नै ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समिति संयोजकमा पूर्व अध्यक्ष लालमणी पौडेल, पूर्वलेखा समिति संयोजक जगन्नाथ उपाध्याय र उपभोक्ता जनक तिवारी रहनुभएको छ ।

Share.

Leave A Reply