नयाँ नोट असोज १० देखि

0

३१ भाद्र । दशैँ नजिकिएसँगै धेरैको चासो नयाँ नोट कहिलेबाट पाईन्छ भन्ने हुन्छ । नेपाल राष्ट्र बैँकले असोज १० गतेदेखि नयाँ नोटको सटही सुरु गर्ने भएको छ । बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले १० गते शुक्रबार वा १२ गते आइतबारदेखि नयाँ नोट सटही हुने जानकारी दिनुभयो । नयाँ नोट साट्ने एक व्यक्तिले पटक एक १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाउने छन्। सोबाहेक पुराना नोटको सट्टा सुकिला नोट पनि सर्वसाधारणले सटही गर्न पाउने छन्। ५, १०, २०, ५०, १ सय र ५ सयका नयाँ नोट सर्वसाधारणले पाउने निरौलाको भनाई छ । कृषि विकास, राष्ट्रिय वाणिज्य र नेपाल बैंकका उपत्यकाका शाखाहरुमार्फत नयाँ नोट वितरण हुनेछ।

Share.

Leave A Reply