पारदर्शी र जिम्मेबार बनौँ

0

जनप्रतिनिधिको सबैभन्दा ठूलो सम्पत्ति भनेको उसको पारदर्शी व्यवहार र जनउत्तरदायी हुनु सक्ने क्षमता नै हो । यसले जनप्रतिनिधिको छविलाई उच्च बनाउन सहयोग पु¥याउँछ । पारदर्शी र जनउत्तरदायीका साथ जिम्मेवार अभिव्यक्ति पनि अर्को पक्ष हो । जनप्रतिनिधिले स्वतन्त्र सञ्चार माध्यमहरुलाई आक्षेप लगाउँदै समाजमा भड्किलो प्रचारप्रसार गर्दै हिँड्ने प्रवृत्ति आचार संहिता विपरीत पनि हो । समाजलाई नैतिक र एकतामा बाँध्नु उत्तम उपाय हो । समाजलाई विभक्त बनाउने खालका अभिव्यक्ति दिँदै हिँड्ने, सञ्चार माध्यमलाई आक्षेप लगाउँदै ंिहँड्ने प्रवृत्ति बढ्न थालेको छ । सञ्चार माध्यममा अभिव्यक्ति दिने र आफू अनुकूल त्यसको परिणाम नआए होइन भन्दै हिँड्ने गैरजिम्मेवार प्रवृत्तिले समाजलाई सही दिशातर्पm निर्देश नगर्न सक्छ । समाजका अभिभावक, समाजका नेतृत्व र समाजको एकताका संवाहक जनप्रतिनिधिहरु विनाप्रमाणका आधारमा सामाजिक सञ्जालदेखि विभिन्न कार्यक्रमहरुमा राखिने अभिव्यक्तिहरुलाई बेलैमा सुधार्दै जिम्मेवार भएर ंिहँड्नुपर्ने देखिन्छ ।
सञ्चार माध्यमहरु सरकारका हरेक गतिविधिका विषयमा निगरानी गरिरहेका हुन्छन् । सञ्चार माध्यमलाई आफ्ना कार्यक्रममा बोलाउन हिच्किचाउने अनि सञ्चार माध्यममा समाचार आएन भनी कुर्लदै हिँड्ने जनप्रतिनिधिहरुले आफू कति जिम्मेवार रहेको छु भन्ने पनि सोच्नुपर्दछ । सञ्चार माध्यम कसैको गोजीका वस्तु होइन, जहाँ आफू अनुकूलका समाचार आएनन् भनेर उछित्तो काड्दै हिँड्नका लागि । सञ्चार माध्यमहरुलाई जनप्रतिनिधिले पत्रकारिता आचारसंहिताभन्दा पनि आफ्नो व्यवहारलाई जनप्रिय बनाउन आवश्यक छ । जनउत्तरदायी हुन आवश्यक छ र जिम्मेवार अनि पारदर्शी हुन आवश्यक छ ।
अहिले स्थानीय तहहरुमा जनप्रतिनिधिहरु समाजलाई एकतामा बाँध्नका लागि एकरुप हुन जरुरी छ । निर्वाचनमा जितेर आइसकेपछि पार्टीको कार्यकर्ता नभएर जनताको प्रतिनिधि हुँ भन्ने बुझ्नु जरुरी छ । स्थानीय तह ठूलो छैन, सानो गाउँ हो । यहाँ भातृत्व र शान्ति अमनचयनका लागि सबैलाई एकत्रित बनाउन जिम्मेवारी बहन गरिएन भने देशभरिका स्थानीय तहमा एकदिन यो रोगको विषय नबन्ला भन्न सकिँदैन ।
गैंडाकोट नगरपालिकाका पदाधिकारीहरुको आचारसंहिता, २०७४ को ३.७ मा ‘राजनीतिक आस्थाका आधारमा भेदभावपूर्ण कार्य नगर्न दृढ रहने’ उल्लेख गरिए पनि सो हुन नसकेको गुनासो आउन थालेको छ । यो आचारसंहिता कार्यपालिकाबाट २०७४ आषाढ ७ गते स्वीकृत गरिएको थियो । आचारसंहितामा राजनीतिक आस्था वा विचारका आधारमा कार्यपालिका वा सभाका सदस्यहरु वा कर्मचारीहरु वा सेवाग्राही तथा आम नागरिकहरुसँग तेरो र मेरोको भावना राखी कुनै कार्य गर्नु÷गराउनु हुँदैन भन्ने उल्लेख गरिएको छ ।
आचारसंहिताले कुनै पनि पेसा, व्यवसाय वा व्यवहारलाई मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउनमा नैतिकरुपमा मार्गनिर्देश गर्ने गर्दछन् तर आफै बनाएको नियम आचारसंहिता कागजमा मात्रै सीमित बनेको छ । आचारसंहिता नैतिक, राजनीतिक र कानुनी विषय पनि हो तर नैतिकता अहिले आफैमा निरीह अवस्थामा छ ।

Share.

Leave A Reply