गैडाकोट कमीटिको आयोजनामा अनथ भोदी लाठ्ठी प्रतियोगिता सकियो

0

गैडाकोट, २७ भाद्र । थारु कल्याणकारीणी सभा गैडाकोट नगर कमीटिको आयोजनामा अनथ भोदी लाठ्ठी प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । प्रतियोयिगतामा केउरेनी प्रथम हुँदै १० हजार नगद,द्धितीयहुदै कावासोती लौगाई गैरीले ५ हजार ,तृतीय हुँदै राजमन्दिरले ३ हजार , कुजौली सान्तवन हूँदै २ हजार नगद हात पार्न सफल भएका छन् । प्रतियोगितामा उत्कृष्ट हुँदै सेलादी सुदिप महतोले १ हजार नगद हात पार्न सफल हुनुभएको थियो ।

भोदी लाठ्ठी थारु जातिहरुको लोपोन्मुख हुदै गइरहेको खेल भएको र यसैलाई जगेर्ना गर्नकालागि कार्यक्रमको आयोजना गरीएको नगरकमीटि अध्यक्ष लक्ष्मी प्रसाद चौधरीले जानकारी दिनुभयो । चौधरीको संस्कृती, परम्परालाई जगेर्ना गर्न चितवन नवलपुरमै गैडाकोट नगरकमिटीले यो कार्यक्रम गरेको उहाँको भनाई थियो ।

चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि थारु कल्याणकारीणी सभाका जिल्ला अध्यक्ष रामप्रसाद महतो, विशिष्ट अतिथिमा निवर्तमान अध्यक्ष गणेशमान महत्तो, जिल्ला उपाध्यक्ष रोमकुमारी महतो, जिल्ला सदस्य मोतिराम थनेत,वडाअध्यक्ष थिर वहादुर थनेत, आदिवासी जनजाति जिल्ला महासंघका कोषाध्यक्ष लिलावती चौधरी लगायतको उपसिथ्ती रहेको थियो । कार्यक्रमको सहजीकरण थौतवहादुर महतोले गर्नुभएको थियो ।

Share.

Leave A Reply