गैडाकोट पम्पिङ खानेपानीद्धारा डेँगुविरुद्धको अभिमुखिकरण सम्पन्न

0

गैडाकोट, २७ भाद्र । डेँगुका विरामी बढ्दै गएपछि गैडाकोट पंम्पिङ स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले एक दिने अभिमुखीकरण कार्यक्रम गैडाकोट ४ मा सम्पन्न भएको छ । पछिल्लो समय व्यापक रुपमा बढ्दै गएको डेंगु लाइ नियन्त्रणको लागी खानेपानी संस्थाले यस्ता कार्यक्रमलाइ जोड दिएको हो । कार्यक्रममा नगर स्वास्थ्य प्रमुख इन्द्र शर्माले डेंगुको नियन्त्रण कसरी गर्ने यसबाट कसरी जोगीने भन्ने सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो । संस्थाका उपाध्यक्ष एवम खानेपानी सुुरक्षा उप समितिका संयोजक तारा शर्मा गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष शोभाखर रिमाल, संस्थाका सल्लाहाकार टोलनाथ घिमिरे,नगरस्वास्थ्य शाखाका कर्मचारी टुकराम सुवेदी, कार्यसमितिका पदाधिकारी,खानेपानी सुरक्षा समितिका सहित विभिन्न क्लष्टरका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply