बजारमा चर्चा टाटा एचफाइभको, नारायणघाटमा नयाँ सोरुमको पनि स्थापना

0

चितवन, २७, भाद्र । नेपालकालागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले बहुप्रतिक्षित प्रिमियम एसयूभी टाटा एचशेखर मोटर्समार्फत नारायणघाटमा सार्वजनिक गरेको छ साथै सोहि अवसरमा टाटा मोटर्सको नयाँ सोरुम शेखर मोटर्सको पनि उद्घाटन गरिएको छ । भारतीयबजारमा टाटा ह्यारियर भनिने टाटा एच फाइभको मूल्य नेपालीबजारमा शुरुवाती छपन्न लाख पच्पन्न हजार रुपैंया तोकिएको छ । नेपाली बजारमा टाटा एचफाइभको बुकिङ्ग केही दिनअघि खुला गरिएको हो । बुकिङ्ग खुल्ला भएयता टाटा एचफाइभबारे बुझ्नकालागि सम्भावित खरिदकर्ताहरूबाट इन्क्वायरीहरू आइरहेको साथै सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेको कम्पनीले जनाएका छन् ।


टाटा एचफाइभ आकर्षक बनावट तथा खराब बाटोहरूमा पनि उच्च प्रदर्शन तथा राम्रो कन्ट्रोल गर्न सक्ने क्षमता रहेको छ । क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एचफाइभ भारतीय बजारमा निकै चर्चित छ । एचफाइभमा रहेको इन्जिनले १३८ बिएचपावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एचफाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममानिर्माण गरिएको गाडी हो। आकर्षक रहेको टाटा एचफाइभमा पुश बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन्।

के हो टाटा मोटर्स ?
४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिभएको टाटा मोटर्स लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादनगर्ने विश्वकै अग्रणी अटोमोबाइलकम्पनीहो । ४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिभएको टाटा ग्रुपको एक हिस्सा टाटा मोटर्स भारतकै र बृहत रेन्जमा इन्टिग्रेटेड, स्मार्ट तथाइमोबिलिटी सलुसनहरू प्रदान गर्ने एकमात्र ओइएमहो । बेलायतमा रहेको ज्यागुअर ल्यान्डरोभर तथा दक्षिण कोरियास्थित टाटा डेइवुसहित १०९ वटा सशक्त सहायक कम्पनीहरूको विश्वव्यापी संजाल मार्फत टाटा मोटर्स बेलायत, दक्षिण कोरीया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसिया टाटा मोटर्स सञ्चालनमा छ ।


इन्जिनियरिङ तथा प्रविधिद्वारा संचालित अटोमेटिभ सलुसनहरू गर्नमा केन्द्रित टाटा मोटर्स भारतीय बजारमा कर्मर्सीयल गाडीको बिक्रेताका रुपमा अग्रस्थानमा छ भने प्यासेन्जर गाडीको अत्यधिक ब्रिकीगर्न सफल उत्कृष्ट चार कम्पनीहरूमा पर्दछ । जेननेक्स्ट कस्टमरहरूको अवधारणामा आधारित रही टाटा मोर्टसले सर्वोत्कृष्ट डिजाइन र भारत, बेलायत, ईटली तथा दक्षिण कोरियामा रहेका आर एण्ड डी सेन्टरहरूबाट अभिप्रेरित भई नयाँ नयाँ उत्कृष्ट उत्पादनहरू ल्याउने चाहना टाटा मोर्टसले लिएको छ । अन्तर्राष्ट्रिय स्तरमा टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, दक्षिण अमेरिका लगायत विश्वका विभिन्न देशहरुमा बिक्रीवितरण गरिन्छ ।
धेरै जान्न www.tatamotors.com

Share.

Leave A Reply