गैडाकोट ३ भोक्रोफाँटमा पनि बल्यो बिजुली, स्थानीय खुशी

0

डोलराज रानाभाट, २५ भाद्र ।  गैडाकोट नगरपालिका वडानम्वर ३ भोक्रोफाँटमा विद्युत पुगेको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभाका सांसद कृष्णचन्द्र नेपालीले स्वीच अन गरेर हिजो उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै सांसद नेपालीले गैडाकोटका ३ र १८ वडालाई आफूले विशेष प्राथमिकतामा राखेर विकासका योजनाहरु अघि बढाएको भन्दै नेपाली काँग्रेस जहिले विकासको पक्षमा रहेको बताउनुभयो । प्रदेशमा रहेर गैडाकोटको विकासका लागि आफू निरन्रत संसदमा सक्रिय रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी विशिष्ट अतिथि गैडाकोट नगरपालिकाको उपप्रमुख विष्णुकुमारी कडेलले गैडाकोट नगरपालिकाका सवै ठाउँमा विद्युतीकरण गर्ने योजनाअनुसार कार्यक्रम अघि बढेको र त्यसैको पहल स्वरुप भोक्रोफाँटमा विद्युत पुग्न सकेको बताउनुभयो । साथै वडाले सक्रिय र जुझारु वडाअध्यक्ष पाएको भन्दै नगरपालिकाबाट जारी हुने विकासका योजनादेखि आयआर्जनका कार्यक्रम उपलब्ध गराउने बताउनुभएको छ । साथै विद्युतसँगै यसबाट प्राप्त गर्न सकिने अन्य व्यवसायमा लाग्न सुझाव दिनुभयो भने गृहीणी र विद्यार्थीयसबाट धेरै लाभान्वित भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नगरसभापति तारापति खरेलले नेपाली काँग्रेसले वडानम्वर ३ र १८ लाई प्राथमिकतामा राखेर विकासका कार्यक्रम गर्दै गइरहेको बताउनुभयो । भोक्रोफाँटका ६५ घरमा विद्युत पुग्ने बताउँदै वडाअध्यक्ष शिवकान्त तिवारीले जनतालाई नआत्तिन आग्रह गर्नुभयो । जनताको मत विकासका कार्यका लागि भएको भन्दै आफू जहिले जनताको समस्या समाधानमा रहेको बताउनुभयो ।

गैंडाकाेट नगरपालिका वाड नं ३ काे भाेक्राेफाँट मा विजुली बत्ती पुगेकाे छ । गण्डकी प्रदेश सभा सदस्य कृष्ण चन्द्र नेपाली एवं जनप्रतिनिधिहरूबाट समुद्घाटन । भाेक्राेफाँटका ९० घर लाभान्वित हुने वडा अध्यक्ष शिवकान्त तिवारीले जानकारी दिनुभयाे ।

Posted by Vijaya FM on Wednesday, 11 September 2019

अहिले तत्काल भतेरी र भोक्रोफाटका १५ घरमा विजुली वालिएको र मार्केका ७ घर र वेसारडाँडाका ४ घरमा भने सम्भव भए विद्युत वा सोलारबाट चाँडै उज्यालो बनाउने वडाअध्यक्ष तिवारीको प्रतिवद्धता रहेको छ । नगरपालिका र नेपाल विद्युत प्राधिकरण गैडाकोट प्रशाखाको सक्रियतामा विजुली वाल्न सकिएको भन्दै तिवारीले आफु जनताको चाहाना अनुसार अघि बढेको भन्दै मत किन दिएछु भन्ने प्रश्न उठ्न नदिने बताउनुभयो । विजुली आएँसगै यसबाट हुने खतरामा सधैँ सचेत रहन पनि उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै स्थानीय दिपक पुलामीले लामो समय अन्धकारमा वस्न वाध्य स्थानीयले वडाअध्यक्षको सक्रियतासँगै विजुली बाल्न पाएको भन्दै आफूहरु धेरै खुशी भएको बताउनुभयो ।

भोक्रोफाँट टोलविकास संस्थाका अध्यक्ष पदम ग्रन्द्रमा मगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गैडाकोट नगरपालिकाका कार्यपालिका सदस्यहरु, नेविसंघका प्रतिनिधिहरु, पत्रकार एवम स्थानीयको सहभागिता रहेको थियो । पुनराम गन्द्रमा मगरले स्वागत गर्नुभएको कार्यक्रम खेम गरम्जा मगरले संचालन गनुभएको थियो । बिजुली नहुँदाको समस्यावारे विजय एफएमले नमुना ग्राम संञ्चार अभियानबाट पटक पटक रिपोर्ट र समाचारहरु प्रसारण गरेको थियो ।

Share.

Leave A Reply