मौलाकालिका मन्दिरमा एक हप्ते योग शिविर सुरु, ५० जिल्लाका सहभागि

0


श्रीधर उपाध्याय
गैँडाकोट, २५ भदौ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गँैडाकोट १ मा एक हप्ते योग शिविर सुरु भएको छ । युवा नेपाल समितिको आयोजनामा बुधबार विहान समुद्घाटन भएको हो ।
एक हप्ता चल्ने योग शिविरमा देशभरिका ५० भन्दा बढी जिल्लाका व्यक्तिहरु सहभागि रहेका छन् । योग शिविरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पतञ्जली योग समितिका संरक्षक, पूर्व डिआइजी एवं मन्दिरका प्रमुख सल्लाहकार ज्ञानेन्द्र विक्रम महतले मौलाकालिका मन्दिरको अध्यात्म पक्षले समुदायमा शान्ति दिएको बताउँदै अब योगका माध्यमबाट शारिरीक स्वस्थता तर्फ अघि बढ्नु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले नैतिक शिक्षा र योग शिक्षालाई गैँडाकोटका विद्यालयमा आवश्यक रहेको जोड दिनुभयो ।

 


भारतबाट आउनुभएकी विदुषी देवविजयले माताको भूमिमा युवाको नेतृत्व विकास गर्ने सोच नै नमन योग्य रहेको बताउनुभयो ।
प्रदेश ३ का प्रहरी प्रमुख शेरबहादुर बस्नेतले स्वस्थ जीवन र स्वस्थ मनस्थितिका लागि स्वस्थ शरिरको आवश्यकता पर्ने बताउनुभयो ।
गण्डकी प्रदेश प्रहरी प्रमुख विनोद शर्माले मानसिक र शारिरीक अवस्था ठीक स्थानमा राख्न सकियो भने त्यसले ठीक नीति बनाउन सक्ने बताउनुभयो ।
योग गुरु लबदेवजीले अहिलेको परिवेशमा दुइ थरी युवा रहेको बताउँदै एक थरी विदेशको तडपमा र एक थरी यहाँको राजनीतिको चपेटामा तडपमा परेको बताउनुभयो ।

कार्यक्रममा उपस्थिति सम्पूर्णलाई स्वागत व्यक्त गर्दै धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले यस नेतृत्व विकास प्रशिक्षण शिविरले मन्दिरको पर्यटकीय क्षेत्र उजागरमा थप उर्जा थप्ने बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष लब शंकर योगीले व्यक्तिगत, पारिवारिक, दलीय स्वार्थ माथि उठेर काम गर्ने बेला आएकोले युवाहरु सक्रिय हुनुपर्ने बताउनुभयो ।

Share.

Leave A Reply