व्यटिसियन सम्बन्धि एक दिने सेमिनार सम्पन्न

0

हिमा अर्याल, गैँडाकोट ।
आकृति स्वीकृति व्यूटिपालर टे्रनिड. सेन्टरले आज गैँडाकोटमा व्यटिसियन सम्बन्धि एक दिने सेमिनार सम्पन्न गरेको छ । गैँडाकोट २ को होटल नारायणीमा गरिएको कार्यक्रममा बंगलादेशबाट आउनु भएकि प्रशिक्षक अफ्रोजा रुनुले हरोर मेक अप बारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा बोल्दै डेकर कस्मेटीकका प्रोपराइटर दुर्गा गौतमले महिलाहरुका लागि व्यटिसियन क्षेत्र फाइदा मुलक रहेको बताउदै व्यवसायी बन्न आग्रह गर्नु भयो । कार्यक्रमका प्रमुख अथिथि व्युटिसियन सृजना सोतिले मेहनत पुर्वक यस क्षेत्रमा लाग्न सके भविष्य उज्वल रहको बताउनु भयो ।

सुन्दर वन्न प्रयोग हुने क्रिमको जथाभावि प्रयोगले छालामा प्रत्यक्ष असर गर्ने भएकाले व्यटिसियन सम्बन्धी सवै कोर्स सकेर सटिफिकेट लिएर मात्र व्यवसायी बन्न आग्रह गरिएको थियो । कार्यक्रममा पश्चिमाञ्चल प्रथम महिला ट्याटु आर्टिष्ट इला श्रेष्ठ, गैँडाकोट व्यटिसियनका अध्यक्ष्ाँ सृजना पौडेल, उपाध्यक्ष उषा ज्ञवाली, आइटिसि इन्टरनेशनल व्युटिपार्लरका प्रोपराइटर रमा भण्डारी लगाएतको उपस्थीति रहेको थियो । आकृति स्वीकृति व्यूटिपार्लरकि प्रोपराइटर लक्ष्मी पौडेल पोख्रेलको अध्क्षतामा भएको कार्यक्रमको सहजिकरण हिमा अर्याले गर्नु भएको थियो ।

Share.

Leave A Reply