जवरजस्ती करणी आरोपमा नवलपरासीमा ९ जना पक्राउ ।

0

डोलराज रानाभाट, २३ भाद्र । जिल्ला प्रहरी कार्यालय नवलपरासीले सामुहिक जवरजस्ती करणीको आरोपमा ९ जनालाई पक्राउ गरेको छ । प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाका अनुसार गत भाद्र २२ गते विहान ९ बजे कामको शिलशिलामा घरबाट जाँदै गर्दा १९ वर्षकी एक युवतीलाई उखुवारीमा सामुहीक वलत्कार गरेको उजुरी प्रहरीमा परेपछि उनीहरु पक्राउ परेका हुन । सुरेन्द्र यादब समेत १० जना घटनामा सम्लग्न भएको प्रहरीले जनाएको छ । वोर्डरमा लुकिछिपी रहेका सुस्ता गाँउपािलका वडा न. ३ फेनहराका ४५ वर्षिय सुरेन्द्र यादब,सोही ठाउँका २५ वर्षिय मन मोहन राजभर, वर्ष २२ का शिबराज राजभर, ३७ बर्षिय भिमलाल मुसहर, २२ बर्षिय सदीप यादब, २२ बर्षिय राजु मुसहर,४० बर्षिय नेत्र चौधरी, १९ बर्षिय पिन्टु राजभर र १९ बर्षिय अमरनाथ भडिहार रहेका छन्। उनीहरुलाई जवरजस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।

Share.

Leave A Reply