काङ्ग्रेसको जागरण अभियान आज,पदाधिकारीहरुले सम्बोधन गर्ने/नवलपुरमा तयारी पुरा

0

काठमाडौँ, २४ भदौ (रासस) ः नेपाली काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरणमा विभिन्न जिल्लाका कार्यक्रममा पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने हुनुभएको छ ।

जननायक बिपी कोइरालाको १०६औँ जन्म जयन्तीका दिन  भदौ २४ गते प्रारम्भ हुने दोस्रो चरणको अभियानको उद्घाटनमा काङ्ग्रेसका केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्नुहुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । जसअनुसार सुनसरीमा सभापति शेरबहादुर देउवा, कास्कीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, धनुषामा उपसभापति विमलेन्द्र निधि, सुनसरीमा उपसभापति विजयकुमार गच्छदार, मकवानपुरमा महामन्त्री डा शशांक कोइराला, भक्तपुरमा महामन्त्री पूर्णबहादुर खड्का तथा काठमाडौँंमा कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गर्नुहुनेछ ।

जागरण अभियानको दोस्रो चरण भदौ २४ गते देशव्यापी रूपमा एकसाथ प्रारम्भ हुँदैछ । बिपी कोइरालाको १०६औँ जन्म जयन्तीको प्रतिक स्वरुप त्यतिनै विरुवा हरेक प्रदेशसभा क्षेत्रमा ९ जम्मा ३४ हजार ९८०० देशभरि रोपेर अभियान उद्घाटन हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

मुख्यगरी प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित कार्यक्रमका लागि तोकिनुभएका ३३० प्रतिनिधिमध्ये अधिकांश आफ्नो जिम्मेवारी क्षेत्रमा पुगिसकेको पार्टी कार्यालयले जनाएको छ । जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडास्तरीय अन्तरक्रिया, स्थानीय तहको दुईवर्षे समीक्षा कार्यक्रम, पार्टी प्रवेशलगायत कार्यक्रम हुनेछन् । अभियान क्रममा पार्टीका केन्द्रीय प्रतिनिधिहरुले सम्बन्धित क्षेत्रका अग्रजहरु, शहीद परिवारहरु, द्वन्द्वकालका घाइतेहरु एवं विभिन्न आन्दोलनका घाइतेहरुको घरमै पुगेर अवस्था बुझ्ने र देश एवं काङ्ग्रेसका लागि सल्लाह सुझावहरु लिनुहुने प्रवक्ता शर्माले बताउनुभयो ।

पन्ध्र दिने अभियानको अन्तिम दिन आगामी असोज ७ गते विभिन्न पाँच मुद्दामा केन्द्रित रहेर ७७ जिल्लामा एकसाथ जनप्रदर्शन गरिनेछ । काङ्ग्रेसले स्वदेश र विदेशमा सबैलाई उत्साहपूर्वक जागरण अभियानमा सरिक हुन आह्वान गरेको छ ।

नेपाली काँग्रेस नवलपुरद्धारा दोस्रो चरणको जागरण अभियानको तयारी पुरा

नेपाली काँग्रेसले आज भाद्र २४ गते बाट सुरु गर्ने द्रोस्रो चरणको जागरण अभियानको नवलपुरमा तयारी पुरा भएको छ । जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि सहित गरिने जागर अभियानको नारायणी माविमा वृक्षारोपण गरि उद्घाटन गरीने नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्वर १ प्रदेश समिति क का सचिव विष्णु कडेँलले जानकारी दिनुभयो । जागरण अभियानको पूर्वसन्ध्यामा नेपाली कांग्रेस नवलपुरले संघिय संरचना अन्र्तगत पार्टीको प्रदेश समिति गठन गरिसकेको छ ।

जसमा संघिय क्षेत्र नं १ अन्र्तगत क प्रदेशमा खेम सापकोटा र प्रदेश ख मा तीर्थराज चापागाई अध्यक्षमा चयन ह्ुनु भएको छ । त्यस्तै संघिय क्षेत्र नं २ मा प्रदेश क को अध्यक्षमा धन सिहंचन्द्र वोहोरा र ख प्रदेशमा कृष्ण प्रसाद तिवारी प्रदेश अध्यक्षमा सर्बसम्मत चयन हुन भएको छ । साथै दोश्रो चरणको काग्रेसको जागरण अभियानका लागि क्षेत्र नं १ को प्रदेश क मा शंकर पाण्डे ख मा रघ्ुनाथ पौडेल, क्षेत्र नं २ को क मा सरस्वती अर्याल तिवारी र ख मा शंकरकान्त जोशी केन्द्रीय प्रतिनिधिका रुपमा रहनुभएको नेपाली काग्रेंस नवलपुरले जनाएको छ ।

Share.

Leave A Reply