मुकुन्दपुरमा मेयर कप बृहत खेलकुद प्रतियोगिता हुने

0

प्रेम क्षेत्री, गैंडाकोट,२३ भाद्र । मुकुन्दपुर स्पोर्टस् एकेडमी गैंडाकोट ११ को आयोजनामा मुकुन्दपुरमा मेयर कप बृहत खेलकुद प्रतियोगिता हुने भएको छ । यहि भाद्र २६ गतेदेखी प्रतियोगिता शुरु हुने आयोजक मुकुन्दपुर स्पोटर्स एकेडमीका अध्यक्ष रामुकान्त अर्यालले जानकारी दिनुभयो । सोमबार मुकुन्दपुर कभर्ड हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले फुटसल, फुटबल, कराँते, ब्याडमिन्टन, घैंटो फुटाई, क्रिकेट, भेट्रान्स फुटबल प्रतियोगिता हुने बताउनुभयो । फरक फरक विधाका विजेतलाई फरक फरक पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँले प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८८ हजार खर्चको अनुमान गरिएको बताउँदै २५ प्रतिशत ईन्ट्री फिबाट, २५ प्रतिशत नगरपालिकाबाट र अन्य सहयोगी दाताबाट रकम जुटाई प्रतियोगिता सञ्चालन गर्ने तयारी भएको समेत बताउनुभयो ।
पत्रकार सम्मेलनमा उपस्थित गैंडाकोट ११ का वडाअध्यक्ष गोविन्दप्रसाद सुवेदीले एकेडेमी शिशु अवस्थाको भएपनि सक्षम रहेको बताउनुभयो । गैंडाकोट १३ का वडाअध्यक्ष पदमलाल पौडेलले यो एकेडेमीले अमरापुरी र गैंडाकोट क्षेत्रको समृद्धिका लागि सबै खेलप्रेमीलाई समेटेर अगाडी बढ्न सुझाव दिनुभयो । गैंडाकोट १० का वडाध्यक्ष देवीदत्त कंडेलले गैंडाकोट खेलकुदमा निकै अघि रहेको जनाउँदै कभर्ड हल स्थापनापछि अझ सहज बनेको र खेल सम्पन्न गर्न सघाउने बताउनुभयो ।
एकेडेमीका सचिव विष्णुलाल श्रेष्ठले कार्यक्रमको सहजिकरण गर्दै प्रतियोगिता सम्पन्न गर्नका लागि सबै पक्षसँग सहयोगको अपेक्षा गरेको बताउनुभयो । सो अवसरमा एकेडेमीका कार्य समिति पदाधिकारी तथा सदस्यसँगै विभिन्न विधाका खेलाडीहरुको उपस्थिती रहेको थियो । मुकुन्दपुर स्पोर्टस् एकेडमी गएको साउन १३ गतेमात्रै दर्ता भएको हो ।

Share.

Leave A Reply