डेँगुरोग बिरुद्ध रोट¥याक क्लब गैडाकोटको सचेतना कार्यक्रम

0

गैडाकोट, २२ भाद्र । रोट¥याक क्लब अफ गैंडाकोटले डेगु रोग बिरुद्ध सचेतना कार्यक्रम गरेको छ । नमुना माध्यामिक बिद्यालयमा आज कार्यक्रम गरिएको हो ।कार्यक्रममा रोटरी क्लब गैडाकोका अध्यक्ष करुणा सागर सुबेदी प्रमुख अतिथी रहनुभएको थियो ।

उहाले डेगुं रोगबाट बच्न घरवरपर सफा राख्नुपर्ने, खाल्डाखुल्डी पूर्नुपर्ने र सचेत हुन सबैलाई आग्रह गर्नुभयो । डेंगु सचेतनाका बिषयमा भरतपुर अस्पतालका फिजीसियन डा. प्रमोद पौंडेलले डेंगु हुनबाट बच्न सचेत हुनुपर्ने बताउदै डेंगु भयो भन्दै आत्तिनुनपर्ने उपचार र आराम गरे निको हुने बताउनुभयो । कार्यक्रममा रोट¥याक क्लब अफ गैडाकोटका अध्यक्ष ई.सरद काफले , रोट¥याक क्लब अफ गैंडाकोट उपाध्यक्ष कौशीक पन्त , डाईरेक्टर जेनिथ आचार्य लगायतका व्यक्तित्वको सहभागिता रहेको थियो । रोट¥याक क्लब अफ गैंडाकोट डाईरेक्टर, कार्यक्रम संयोजक सन्देश पराजुली अध्यक्षतामा भएको हो । अन्य बिद्यालयमा कार्यक्रम गर्ने योजना रहेको समेत पराजुलीले जानकारी दिनुभयो ।

यसअघि डेगु रोग बिरुद्ध सचेतनामुलक ¥याली पनि निकालिएको थियो । गैडाकोट नमुना मा बि स्कुल देखी बिशाल चोक भृकुटी चोक , नया बजार परिक्रममा गरि १ हजार पम्पेलेट बाडिएको हो । क्लबले लामखुट्टे खोज र नष्ट गर अभियान पनि संचालन गरेको थियो ।

Share.

Leave A Reply