गैडाकोट शिक्षा शाखाद्धारा त्रुटिसहितको प्रशंसा पत्र वितरण, पाउनेको गुनासोः ‘बाकसमा राखौँ की भित्तामा’ !

0

डोलराज रानाभाट, गैडाकोट, २२ भाद्र । गैडाकोट नगर शिक्षा शाखाले विभिन्न विद्यालयका शिक्षकहरुलाइ आज सम्मान स्वरुप प्रदान गरेको प्रशंसा पत्रमा गम्भिर त्रुटी देखिएको छ ।

४० औँ राष्ट्रिय शिक्षा दिवस एवम अन्तराष्ट्रिय साक्षरता दिवस २०७६ का अवसरमा नगरपालिकाको शिक्षा शाखाले प्रदान गरेको प्रशंसा पत्रहरुमा लेखिएको शब्दले पूर्ण अर्थनै नदिँदा पनि त्यसैलाई वितरण गरिएको हो । शिक्षा शाखाकै काममा भाषाको शुद्धतामा ध्यान नदिनुमा शिक्षा शाखाको क्षमता र सक्रियतामा प्रश्न उठेको छ । सामाजिक विषयका शिक्षकहरुलाई प्रदान गरिएको प्रंशसा पत्रमा सामाजिक लेख्नुपर्नेमा सामाजिम लेखिएको प्रशंसा पत्र प्रदान गरिएको छ ।

त्यस्तै शैक्षिक लेखि प्रदान गर्नुपर्नेमा शैक्षि मात्रै लेखिएका प्रशंसा पत्रहरु वितरण गरिएको छ । त्रुटि सहितको प्रशंसा पत्र प्राप्त गर्ने शिक्षकहरुले यसलाई बाकसमा राख्ने की भित्तामा टाँस्ने अलमलमा परेको बताउनुभएको थियो । भित्तामा टाँस्दा शिक्षा शाखाकै प्रशंसा पत्रमा भाषाको शुद्धता छैन भने वाकसमा राख्दा आफूले प्राप्त गरेको सम्मान देखाउन मन लाग्ने बताउनुभएको थियो ।

यता नगर शिक्षा, यूवा तथा खेलकुद शाखा अधिकृत मोतीप्रसाद रिजालले आफूहरुले दिँदा शुद्ध भएको तर टाइपिङमा गल्ती भएको बताउनुभयो । विजय एफएमसँगको कुराकानीमा उहाँले त्यस्तै इस्यु वनाउनेपर्ने विषय नभएको र आफूपनि नेपाली भाषाकै भएकाले त्रुटि भएका प्रमाणपत्र सच्चाएर उपलब्ध गराउने बताउनुभयो । विहान मात्रै प्रिन्टका लागि दिएकाले आफूहरु कार्यक्रमका लागि व्यस्त भएकाले प्रुफ हेर्न नभ्एकाले केहि त्रुटि भएको भन्दै त्रुटि भएका प्रशंसा पत्र हुने शिक्षकहरुले शाखामा सम्पर्क गर्नपनि उहाँको आग्रह छ ।

Share.

Leave A Reply