आगामी शैक्षिकसत्र २०७७ बाट गैडाकोट नगरका सवै विद्यार्थीहरुको एउटै पोशाक

0

गैडाकोट, २२ भाद्र। गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले नगरभित्रका संस्थागत र नीजि विद्यालयका पोषाक एकै रङको हुने बताउनु भएको छ । आगामी शैक्षिक सत्र २०७७ बाट यो नियम लागनु हुने बताउनुभयो । आज भएको शिक्षण सेवामा योगदान दिएकाहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा मेयर पौडेलले एकै रङको पोशाकले विद्यार्थीहरुको मानसिकतामा एकता आउने बताउनुभयो ।

आईतबार ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा कालिका मा.वि मा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा गैडाकोट नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयबाट २०७५ सालको कक्षा ८ को आधारभूत शिक्षा परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल बिद्यार्थीहरुका साथै ति विद्यालयहरुमा हाल कार्यरत विगत ३० वर्ष देखि निरन्तर शिक्षण गर्दै आउनु भएका सम्पूर्ण शिक्षकहरुलाई सम्मान गरिएको थियो । गैडाकोट नगरपालिकाले गुणस्तरयीय शिक्षामा सर्वसुलभ पहुँचको सुनिश्चितता गराउने उद्देश्यले उक्त कार्यक्रम भएको हो । कार्यक्रममा प्रमूख अतिथि गण्डकी प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीले हरेक कुरामा शिक्षाको महत्व रहेको र शिक्षामा पनि प्राविधिक शिक्षाको आवश्यक रहेको बताउनुभयो ।उहाँले नेपालको शैशिक क्षेत्रमा धेरै नै विकास हुदै आएको बताउनुभयो ।

कार्यक्रममा गैडाकोट नगरपालिकाका उपप्रमूख बिष्णु कुमारी कंडेल साप्कोटा, विभिन्न वडा प्रतिनिधि, नगरपालिकाका कर्मचारी लगायत गैडकोट नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरुका शिक्षकहरुको उपस्थिति रहेको भियो ।

Share.

Leave A Reply