नेपालको सान, किर्गिस्तानको पोस्टमा ८ गोल

0

२२ भाद्र । नेपालले किर्गिस्तानको पोस्टमा ८ गोल हानेको छ । नाडेज्हा कपमा आफूले २ गोल खाएर नेपालले सानदार सुरुवात गरेको हो । यो सँगै आजको खेल जितेको छ । जितका लागि नेपालका सावित्रा भण्डारीले ४ गोल गर्नुभयो । यस्तै अनिता बस्नेतले २ गोल, दिपा राई र निरु थापाले १–१ गोल गर्नुभयो । नेपालसहित चार टिमले भाग लिइरहेको प्रतियोगितामा नेपालले भोलि उज्वेकिस्तान र मंगलबार ताजकिस्तानसँग खेल्नेछ। नेपालले यसलाई दक्षिण एसियाली खेलकुद सागको तयारीको रुपमा लिएको छ भने साग आगामी मंसिर १५ देखि नेपालमा आयोजना हुने तय छ।

Share.

Leave A Reply