नेपाल शिक्षक संघ नवलपुरको प्रवोधीकरण कार्यक्रम सम्पन्न

0

२१, भाद्र । नेपाल शिक्षक संघ नवलपुरको आयोजना एवम् नेपाल शिक्षक संघ कावासोती नगर समितिको संयोजकत्वमा एक दिवशीय प्रवोधीकरण कार्यक्रम कावासोतीको शिव मा.विमा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रहनु भएका नेपाल शिक्षक संघ राष्ट्रिय कार्यसमितिका महासचिव एवम् संगठन विभाग प्रमुख सोमनाथ गिरीले देशका ७७ वटै जिल्लामा यस किसिमको कार्यक्रम सञ्चालनको तयारी गरेको र हालसम्म ५० भन्दा बढी जिल्लामा सम्पन्न भैसकेको जानकारी दिनुभयो । उहाँले नेपाल शिक्षक संघको इतिहास र विगतमा गरिएका शिक्षक हकहितका अडानले गर्दा आफ्ना अधिकारहरु सुरक्षित रहन सकेको भन्दै सबल, सुदृढ र संगठित शिक्षक संघको पक्षमा आफू रहेको धारणा अभिव्यक्त गर्नुभयो । उहाँले नेपाल शिक्षक संघ मात्र एउटा संघ हो जस्ले आफू प्रजातान्त्रिक व्यवहारलाई पूर्णरुपमा कार्यान्वयन गर्दै हाल ६० हजार शिक्षकहरुलाई नेतृत्वमा पु¥याएको समेत दावी गर्नुभयो ।

कार्यक्रममा नेपाल शिक्षक संघ गण्डकी प्रदेशका अर्थ उपसचिव विष्णुप्रसाद रिजाल, पूर्व राष्ट्रिय संघका सदस्य मणिकण्ठ कण्डेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नेपाल शिक्षक संघ कावासोती नगरसमितिका अध्यक्ष गोपाल ज्ञवालीले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रमको अध्यक्षता नेपाल शिक्षक संघ नवलपुरका अध्यक्ष चूडामणि शर्मा कण्डेलको रहेको थियो । कार्यक्रममा यस अवधिमा स्थायी भइ जिल्लामा आउनुभएका नव प्रवेशी शिक्षक एवम् विद्यालयको विभिन्न जिम्मेवारीमा रहनुभएका शिक्षकहरुलाई समेत सम्मानित गरिएको थियो । अध्यक्ष कण्डेलले शिक्षक हक, हित र अधिकारको सबालमा आफू निरन्तर लागि पर्ने बताउनुभयो । कार्यक्रमले भावी दिनहरुमा स्थानीय तह एवम् जिल्लाले गर्ने कार्यक्रमको रुपरेखासमेत तयार पारेको छ ।

Share.

Leave A Reply