धार्मिक वडा बनाउने अभियान जारी,बाद्यवादन तालिम सम्पन्न

0

श्रीधर उपाध्याय,गैँडाकोट, २१ भदौ । गैँडाकोट नगरपालिका वाड नं. १ को प्रगति टोलमा बाद्यवादन तालिमको शनिबार समापन गरिएको छ । प्रगति टोल महिला विकास समूहले आयोजना गरेको ४५ दिने वाद्यवादन प्रशिक्षण कार्यक्रम समापन गरिएको हो । धार्मिक पर्यटकीय क्षेत्र निर्माणको अभियानमा रहेको वडाले वडा भित्र धार्मिक संस्कृति संरक्षणको लागि बाद्यवादन तालिमको आयोजना गरिएको गैँडाकोट नगरपालिका वडा नं. १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका वडा अध्यक्ष सापकोटाले गैँडाकोट १ को पर्यटनको विकासमा धार्मिक पक्षको अहम् भूमिका हुने बताउनुभयो । कार्यक्रमको विशिष्ट अतिथिमा वडा सदस्य सीता सापकोटा, सुरेन्द्र प्रसाद रेग्मी, टोल विकास संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको प्रगति टोलविकास संस्थाका उपाध्यक्ष एकराज सापकोटाले बताउनुभयो । तालिमबाट १६ जना महिलाहरु लाभान्वित भएका छन् । तालिमको प्रशिक्षण श्रीकान्त घिमिरे र शिशिर घिमिरेले गर्नुभएको थियो । सरस्वती ई. बोर्डिङ स्कूलको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष लक्ष्मी आचार्यले गर्नुभएको थियो ।

Share.

Leave A Reply