ढोडेनीमा ब्राञ्चलेस बैङ्कीङ

0

श्रीधर उपाध्याय,गैँडाकोट, २१ भदौ । गैँडाकोट नगरपालिका वाड नं. ३ मा रहेको ढोडेनीमा ग्लोबल आइएमइ बैङ्कले ब्राञ्चलेस बैङ्कीङ सेवा सुरु गरेको छ । शनिबार विहान कृष्णगण्डकी माध्यामिक विद्यालय अगाडी समुद्घाटन कार्यक्रम गरी सेवा सुरु गरिएको हो । ढोडेनीमा राखिएको मेसिनबाट पैसा राख्न र निकाल्न सकिने व्यवस्था रहेको ग्लोबल आइएमइ बैँंक गैँडाकोटका शाखा प्रबन्धक नगेन्द्र गौतमले जानकारी दिनुभयो । यो ग्लोबल आइएमइको १८६ औँ शाखा रहेको शाखा प्रबन्धक गौतमले बताउनुभयो । गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिमा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्य, गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारी लगायतको उपस्थिति रहेको शाखा प्रबन्धक नगेन्द्र गौतमले जानकारी दिनुभयो । गैँडाकोट शाखा प्रबन्धक नगेन्द्र गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Share.

Leave A Reply