भृकुटीचोकमा भएको रक्तदानमा ५६ जना बढी व्यक्तिद्धारा रक्तदान

0

पुष्कर अधिकारी,गैँडाकोट, २१ भदौ । किचनास कल्याणकारी समाज भरतपुर र मनकामना आमा समूह गैंडाकोट २ को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गैँडाकोट २ भृकुटी चोकमा भएको कार्यक्रममा ५९ जना भन्दा बढीले रक्तदान गरेको मनकामना आमा समूहकी अध्यक्ष सावित्रा काफ्लेले जानकारी दिनुभयो । कार्यक्रममा ४३ जना पुरुष र १६ जना महिलाले रक्तदान गरेका किचनास कल्याणकारी समाजका सन्तोष कुमार वाग्लेले जानकारी दिनुभयो । कार्यक्रममा जनप्रतिनिधि, टोलविकास संस्थाका प्रतिनिधि, स्थानीय महिला समूहका प्रतिनिधि तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply