डेंगो रोग नियन्त्रणका लागि टोलटोलमा ¥याली

0

श्रीधर उपाध्याय,गैँडाकोट, २१ भदौ । गैँडाकोट नगरपालिका क्षेत्र भित्रका विभिन्न टोलहरुमा शनिबार विहान डेंगो रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम गरिएको छ । पोथी जातको एडिज लामुखुट्टेले टोकेपछि लाग्ने डेंगो प्रकोपका रुपमा फैलिएपछि टोलविकास संस्थाहरु जुर्मुराएका हुन् । उनिहरुले गैँडाकोट नगरस्वास्थ्यले उपलब्ध गराएको पर्चा पम्पलेट तथा माइकिङ गरी लामुखट्टेको लार्भा नष्ट गर्न तथा समयमै उपचार गराइ सुरक्षित रहन आग्रह गरेका छन् ।  गैँडाकोट नगर स्वास्थ्यले विहिबार र शुक्रबार विभिन्न वडाका टोलविकास संस्थाका प्रतिनिधिहरुलाई अभिमुखिकरण गरेको थियो ।  इपिडेमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेक लालका अनुसार यस वर्ष डेंगोको संक्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ । गत वर्ष डेंगोका कारण तीन जनाको ज्यान गएको थियो । यो रोग निन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले ६ करोड १७ लाख निकासा गरिसकेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार यस रोग लागेपछि श्वास फेर्न गाह्रो हुने, ज्वरो आएको खण्डमा प्लेटलेट्स परिक्षण गरिहाल्न सुझाब दिनुभएको छ । घरवरिपरि सफा राख्ने, पानी जम्न नदिने, झुल लगाएर सुत्ने, बालबच्चालाई पुरा लुगा लगाइ राख्नुपर्ने स्वास्थ्यकर्मीको सुझाब रहेको छ ।

Share.

Leave A Reply