थनथाप गैंडाकोट समाजको अध्यक्षमा नगेन्द्र बहादुर खड्का

0

गैडाकोट, २१ भाद्र । थनथाप गैंडाकोट समाजको प्रथम अबिधेशनबाट सर्बसम्मत रुपमा नगेन्द्र बहादुर खडकाको अध्यक्षतामा १५ सदस्यिय कार्यसमिति चयन भएको छ । उपाध्यक्षतामा कृष्ण पौडेल , सचिवमा तिलक कंडेल, कोषाध्यक्ष सम्झना अधिकारी, सहसचिव टोपलाल पौडेल बिशाल रहनुभएको छ । यसअघि भएको साधारण सभामा सचिवको प्रतिबेदन कृष्ण पौडेल, कोषाध्यक्षको प्रतिबेदन दानबहादुर क्षेत्रीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम गैंडाकोट नगरपालीकाका नगरप्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा डाक्टर जिवन क्षेत्री डाक्टर कृष्ण सागर पौडेल , डाक्टर प्रमोद ढकाल , कालीका माबि गैडाकोटका प्रअ प्रजानाथ कंडेल, स्वाभिमान साकोसका अध्यक्ष देवराज पौडेल , नन्दन बनका अध्यक्ष घनश्याम कंडेल, समाजसेवी केआर ंिसह राना , सहज हेल्थ फाउण्डेसनका अध्यक्ष करुणासागर सुबेदी निर्बाचन समितिका संयोजक भिमप्रसाद शर्मा , निर्बाचन समिति सदस्य बिष्णु पौडेल र सन्तोष चालिसे लगायतले मन्तव्य व्यक्त गर्नुभएको् थियो ।
भावनात्मक एकता हाम्रो प्रतिबद्धता नाराका साथमा पहिलो अबिधेशन सम्पन्न गरिएको अध्यक्ष कमल सुबेदी बताउनुभयो । कार्यक्रम अध्यक्ष कमल सुबेदी अध्यक्षता भएको हो ।

Share.

Leave A Reply