सामाजिक सुरक्षा कोषमा सरकारले १० प्रतिशत दिनुपर्छ ः प्याप्सन केन्द्रीय सभापति पुरी

0

हिमा अर्यालय, गैडाकोट, २० भाद्र । प्याप्सनका केन्द्रिय सभापति टिकाराम पुरीले निजी विद्यालय योगदानमा आधारीत सामाजिक कोषमा जान कठिनाई भएको बताउनु भएको छ । असोज मसान्तसम्म मात्रै म्याद दिएकोले त्यसमा सम्भव नभएको तर आगामी बैशाख देखि सुरु गर्नुपर्ने सरकारसँग माग गरिरहेको बताउनुभयो । व्यक्तिगत तर्फबाट २० प्रतिशत योगदान धेरै रहेकोले त्यसमा सरकारले १० प्रतिशत उपलव्ध गराउन सके कार्यकन्वयनमा सहजता आउने उहाँको भनाई थियो । धेरै ग्रामिण क्षेत्रका नीजि विद्यालयहरु आर्थिक समस्याले गुज्रिरहेको बताउँदै त्यसमा सरकाले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो । निजि विद्यालय पनि कमजोर स्थीतिमा गुज्रिएको हुन्छ र ? भनि सोधिएको प्रश्नमा पुरीले अस्वस्थ प्रतिस्पर्धा भैरहेको र आवश्यक नभएको ठाउँमा विद्यालय स्थापना भएकोले समस्या भएको बताउनु भयो । निजि विद्यालय सञ्चालन गर्न धेरै लगानी गर्नु पर्ने बताउदै उहाले विद्यालय बन्द गर्न नसकिने बरु मर्ज गर्ने नियम सरकारले ल्याउनु पर्नेमा जोड दिनुभयो । श्रममन्त्रीसँग छलफल भइरहेको बताउदै निजि क्षेत्रको जटिलतालाई सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । सरकारले ल्याएको सुरक्षा कोष कार्यक्रम राम्रो रहेको र यसलाई सफल पार्न आफूहरुपनि लागिपर्ने उहाँको भनाई थियो ।

Share.

Leave A Reply