यही वर्ष वडा कार्यालय निर्माण सुरु हुनेछ – वडा अध्यक्ष सापकोटा

0

गैँडाकोट, २० भाद्र । गैँडाकोट नगरपालिका वाड नं. ९ ले यसै आर्थिक वर्ष भित्र वडा कार्यालय निर्माणका लागि अभियान सुरु गर्ने भएको छ । गैँडाकोट ९ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटाले विजय एफएमको कार्यक्रम हाम्रो नगरमा कुराकानी गर्दै थुम्सी गौलीग्रुपको प्लटीङ क्षेत्र नजिकै वडा कार्यालय निर्माण कार्य सुरु गरिने बताउनुभएको छ ।

वडा कार्यालय निर्माणका लागि वडाले यस आर्थिक वर्षमा बजेट समेत विनियोजन गरेको छ । सार्वजनिक जग्गा नजिक रहेका अन्य जग्गा खरिदगरी क्षेत्रफल बढाउने की भन्ने विषयमा समेत छलफल भइरहेको जानकारी दिनुभएको छ । कार्यक्रम हाम्रो नगरमा गैँडाकोट ९ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटासंगको अन्तरंग कुराकानी भोली विहान ७ बजे र बेलुका साढे ८ बजे प्रसारण हुने कार्यक्रम हाम्रो नगरमा सुन्न सक्नुहुनेछ ।
वडाको काम सडक निर्माण

Share.

Leave A Reply