गैडाकोट ७ मा मानव वेचविखनविरुद्धको कार्यक्रम

0

पुष्कर अधिकारी, गैडाकोट, १९ भाद्र । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत मानब बेचबिखन बिरुद्धको जनचेतना मुलक कार्यक्रम गैडाकोट नगरपालीका वडा नम्बर ७ मा सम्पन्न भएको छ । मानव बेचविखन तथा ओसारपसार एक बहु आयामिक, बहु क्षेत्रगत एवं विश्वव्यापी समस्या हो । यसलाई जघन्य अपराधको रुपमा लिईन्छ भने नेपाल पनि यस समस्याबाट अछुतो छैन । कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरित जवरजस्ती कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचविखन भनिन्छ ।

 

यसैको विरुद्ध सामुदायिक सेवाकेन्द्रले जनचेतना कार्यक्रम गरेको हो । सामुदायिक सेवा केन्द्रकी अध्यक्ष कमला गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैडाकोट ७ का वडाअध्यक्ष एवम कार्यक्रम प्रमुख अतिथि चोलानाथ उपाध्ययाले यो सामाजिक समस्या भएकाले समाजमा बसेका मानिसहरु सचेत हुनुपर्ने बताउँदै प्रहरीले थालेको कार्यक्रम राम्रो भएको बताउनुभयो ।

 

कार्यक्रममा प्रहरी नायाव निरीक्षक शैलेन्द्र खड्काले मानव वेचविखनमा संलग्न भए हुने कानुनी कारवाहीको वारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा स्थानीय, सामुदायिक सेवा केन्द्र प्रतिनिधिहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका सचिव रमेश ढकालले सहजीकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply