रेडक्रस दिवसमा गैडाकोट उपशाखाद्धारा वक्तृत्वकला

0

अनिता रानाभाट, गैडाकोट, १९ भाद्र । रेडक्रस दिवसको अवसरमा गैडाकोट उपशाखाले आज वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । वर्तमान परिवेशमा रेडक्रसको भूमिका विषयक कार्यक्रममा ११ जना विद्यालयका विद्यार्थीले सहभागीता जनाएका थिए । जसमा नेपाल राष्ट्रिय शमसेर मावि प्रथम, कालिका मावि द्धितीय, सरस्वती निकेतन तृतीय र जनक मावि सान्त्वना भएको छ । उनीहरुलाई शिल्ड, प्रमाणपत्र प्रदान गरिएको थियो । उपशाखाका उपसभापति उमाकान्त सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस जिल्ला शाखा नवलपुरका उपसभापति पूर्णप्रसाद गौडेल रहनुभएको थियो । कार्यक्रमको गैडाकोट उपशाखाका सचिव विष्णु प्रसाद शर्माले सहजीकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply