गैंडाकोटमा डेङ्गु नियन्त्रणका लागि र्यालीको तयारी, टोल विकास संस्थालाई अभिमुखीकरण

0


प्रेम क्षेत्री
भाद्र १९, गैंडाकोट । डेङ्गु नियन्त्रणका लागि गैंडाकोट नगर क्षेत्रमा रहेका टोल विकास संस्थाहरुले र्याली निकाल्ने भएका छन् ।
आ–आफ्नो टोलमा घरदैलो अभियानसँगै सचेतनामुलक ¥याली निकाल्ने तयारी गरेका हुन् । नगर क्षेत्रमा डेङ्गुको संक्रमण बढ्दो क्रममा पाईएपछि नगर स्वास्थ्य शाखाको सहयोगमा अभियानका रुपमा नै सचेतनामूलक ¥याली गर्न लागिएको हो । सो कार्यका लागि गैंडाकोट नगर स्वास्थ्य शाखाले डेङ्गु रोगबारेको जानकारी सहितको पर्चा, ब्यानर उपलब्ध गराएको नगर स्वास्थ्य शाखा संयोजक ईन्द्र शर्माले जानकारी दिनुभयो ।


यसका लागि नगर क्षेत्रका टोल विकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधीलाई अभिमुखीकरण गरिएको छ । बिहिबार गैंडाकोट वडा नम्बर २, ४ र ५ मा रहेका टोल विकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधीलाई अभिमुखीकरण गरिएको हो । नगर स्वास्थ्य शाखा प्रमुख ईन्द्र शर्माले डेंगुबारे सचेत गराउँदै सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रमका वक्ताहरुले प्रभावकारी रुपमा डेंगु नियन्त्रण गर्ने खालका कार्यक्रम ल्याउन सुझाव दिएका थिए । प्रचारप्रसारलाई तिव्रता दिनुपर्ने भन्दै उनिहरुले चेतनामुलक कार्यक्रम तत्काल गर्नुपर्नेमा जोड दिएका थिए ।


बिहिबार नै दिउँसो २ बजे वडा नम्बर १, ६, ७, ८ र ९ का टोल विकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधीलाई अभिमुखीकरण गरिने छ । त्यस्तै शुक्रबार बिहान १० बजे वडा नम्बर १४ देखी १७ र १ बजे वडा नम्बर १० देखी १३ सम्मका टोल विकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधीलाई अभिमुखीकरण गरिने नगर स्वास्थ्य सह संयोजक रेशम पौडेलले जानकारी दिनुभयो । त्यसपछि वडा नम्बर ३ र १८ का टोल विकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधीलाई अभिमुखीकरण गर्नुका साथै आईतबार निजी स्वास्थ्य संस्थाहरुलाई अभिमुखीकरण गरिने उहाँले जानकारी दिनुभयो ।
नगरपालिका र स्वास्थ्य संस्थाहरुको प्रयासले मात्र यो नियन्त्रण सम्भव नभएकाले सम्पूर्ण नगरबासीको सहयोगको खाँचो रहेको गैंडाकोट स्वास्थ्य चौकीका सिनियर अहेब टुकराम सुवेदीले बताउनुभयो । यसअघि सचेतनामुलक कार्यक्रम एवम् प्रचार प्रसारका लागि १८ वटै वडामा श्रब्य सामाग्री उपलब्ध गराईएको र स्वास्थ्यको ख्याल राख्न आग्रह गरिएको छ ।
र्

Share.

Leave A Reply