पत्रकारको पुनःबहाली र रिहाईको माग गर्दै प्रेस युनियन र महासंघ नवलपुरले ज्ञापनपत्र बुझायो

0

कावासोती, १८ भदौ । रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार हरुलाई राजनैतिक पुर्बाग्रह राखेर कामबाट निकालेको घटना प्रती खेद प्रकट गर्दै नेपाल प्रेस युनियनले बुधबार देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापन पत्र बुझाएको छ । सो क्रममा नेपाल प्रेस युनियन नवलपुर शाखाले पनि बुधबार जिल्ला प्रशाशन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । प्रेस युनियन नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुलीले प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्किलाई ज्ञापन पत्र बुझाउनु भएको हो ।

ज्ञापन पत्रमा बिनाकारण जागिरबाट निकालिएका पत्रकारहरु प्रकाश बम , सुनिता कुँवर र चक्रबहादुर रावललाई तत्काल पुनर्बहाली गर्न माग गरिएको छ । साथै अन्य सरकारी संचारमाध्यममा समेत प्रजातन्त्रबादी पत्रकारहरुलाई गरिएको अप्रजातान्त्रिक र पेशागत मर्यादा बिपरितको व्यबहारको भत्सर्ना गरिएको छ । ज्ञापन पत्रमा सरोकारवालाहरु संगको प्रसस्त छलफल बिना मिडिया काउन्सिल बिधेयक राष्ट्रिय सभा मार्फत अगाडि बढाईएकोमा युनियनले ज्ञापन पत्र मार्फत बिरोध जनाएको छ। यस्तै युनियनले सरोकारवालाहरु संगको प्रयाप्त छलफल बिना असोज ६ गते बाट लागु गर्न खोजिएको पत्रकार आचारसंहितालाई प्रयाप्त छलफल पछि मात्र लागू गर्न युनियनले माग गरेको छ।

युनियनले आफ्ना मागहरु पूरा नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन । यसैविच कास्कीका पत्रकार जनसञ्चार अनलाइन पोखराका सम्पादक ओम हमालको विना सर्त रिहाइको माग गर्दै नवलपुरको नेपाल पत्रकार महासंघले ज्ञापन पत्र बुझाएको छ । बुधबार नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष होमराज रानाभाट को नेतृत्वमा गएको टोलीले नवलपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । हमाललाई सर्वोच्च अदालतले रिहाइको आदेश दिएको भए पनि उहालाई रिहा गरे लगतै प्रहरीले मंगलबार पुन पक्राउ गरेको थियो । उहाको रिहाईको माग गर्दै बुधबार देशभरका पत्रकारहरुलाई ज्ञापन पत्र बुझाएका छन् ।

Share.

Leave A Reply