आज मोती जयन्ती, विभिन्न कार्यक्रम गरि मनाईंदै

0

१३, भाद्र । युवाकवि मोतीराम भट्टको आज परेको जन्म जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदैछ । कुमाउगढका पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवीको कोखबाट १९२३ साल, भाद्र २५ गते कुशै औंसीका दिन काठमाडौको भोसिको टोलमा उहाको जन्म भएको थियो ।साहित्यकार तथा साहित्यिक प्रतिष्ठानहरूले उहाको व्यक्तित्व तथा कृतित्वमाथि विश्लेषण गर्दै जन्मजयन्ती मनाउँदै छन् ।

नेपाली गजलका महानायक मानिएका भट्टको कथा, नाटक, निबन्धमा पनि कलम त्यत्तिकै बलियो चलेको थियो । कुशेऔंसीका दिन जन्मेका उहाको १९५३ सालको कुशेऔंसीका दिन ३० वर्षको अल्पायुमै निधन भएको थियो । श्रृंगार रसलाई केन्द्रबिन्दुमा राखेर उहाले गजल रचना गर्नुभएको थियो ।

युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुभएको थियो । साहित्य रचना मात्र नभई पत्रकारितामा पनि उहाँको हात चलेको पुराना साहित्यकारहरू बताउँछन् । नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गर्नुभएको बताइन्छ । तत्कालिन समयमा उहाँले पुर्याएको योगदान नेपाली साहित्यमा अतुलनिय छ ।

Share.

Leave A Reply