बिप्लव समुहका नवलपुर जिल्ला सेक्रेटरी थापा पक्राउ

0

डोलराज रानाभाट, गैडाकोट, ९ भाद्र । विप्लव समुहका नवलपुर जिल्ला सेक्रेटरी विश्वास भनीने बिर बहादुर थापा पक्राउ पर्नुभएको छ । इलाका प्रहरी कार्यालय गैडाकोटको टोलीले उहाँलाई गैडाकोट १ नारायणी नदिको पुल नजिकबाट पक्राउ गरेको हो । ५२ बर्षीय थापालाई भदौ ७ गते शनिवार पक्राउ गरि उहाँ माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । यसैवीच विप्लव माओवादीले आज चितवन बन्दको आह्वान गरेको छ ।

Share.

Leave A Reply