चितवन प्रशासनद्धारा प्रदर्शनमा कडाई, निषेधित चारकिल्ला वाँधियो

0

गैडाकोट, ९ भाद्र । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रक्राउ परेको टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थकहरुले निरन्रत प्रदर्शन गर्न थालेपछि चितवन प्रशासनले कडाई गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला अदालत चितवन वरीपरी सहित अन्य ठाउँमा पनि प्रदर्शन गर्न नपाईने गरि निषेधित ठाउँ तोकिएको हो । साथै पाँच भन्दा वढि भेला हुन पनि नपाउने गरि चारकिल्ला वाँधेको हो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले जारी गर्नुभएको विज्ञप्ती अनुसार आज भदौ ९ गते सोमवार विहान ६ बजेदेखि प्रदर्शन गर्न नपाईने गरी ठाउँ तोकिएको छ । आजै रवि लामिछानेको बयान विहान १० बजेबाट सुरु गरिदैछ । रवि लामिछाने रिहाईको माग गर्दै हुने प्रदर्शनबाट अशान्ति र हुलदंगा हुन सक्ने देखिएकाले चारकिल्ला तोकेर एकै ठाँउमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाईने उल्लेख छ ।

चारकिल्लामा
पूर्व बाईपास सडक तर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि घरेलु कार्यालय चोक सम्म,
पश्चिममा पूर्व पश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल देखि चौबिसकोठी चोकसम्म,
उत्तरमा बाईपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जानेचोक, नारायणी माविचोक, कृषिज्ञानकेन्द्र चोक हुदै चौबिसकोठी सम्म,

दक्षिणमा बाईपास सडक तर्फको घरेलुकार्यालयको चोकदेखि दुरसञ्चारचोक हुदै पूर्व पश्चिम लोकमार्गको सप्तगण्डकी अस्पतालचोक सम्म रहेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (३ क) बमोजिमको अधिकार प्रयोग गर्दै यस्तो आदेश जारी गरिएको सार्वजनिक सुचनामा उल्लेख छ ।

Share.

Leave A Reply