विजय सामुदायिक शिक्षा सदनलाई आईएसए अर्वाड साथमा वेष्ट अवार्ड पनि

0


प्रेम क्षेत्री
साउन ८, गैंडाकोट । विजय सामुदायिक शिक्षा सदनले आईएसए अवार्ड प्राप्त गरेको छ । साथमा फाईटिङ् ग्लोबल वार्मिङ प्रोजेक्टमा सहभागी विद्यालय मध्ये वेष्ट कोलाबोराटिभ प्रोजेक्ट विथ ईन्टरनेशनल पार्टनर अवार्ड हात पार्न सफल भएको छ ।
एकैपटक २ वटा अवार्ड प्राप्त गरेको आईतबार विद्यालयमा पत्रकार सम्मेलन गरि विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले जानकारी गराउनुभएको थियो । साथै उहाँले यस उपलब्धीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा विद्यालयहरुसँग समन्वय गरि दिर्घकालिन सम्बन्ध कायम भई कलिला मस्तिष्कलाई विश्व बजारमा जोड्ने र हामी सबै एक हौं भन्ने भावनालाई एकिकृत गर्दै जीवनउपयोगी कलाको विकासमा मद्दत पुग्ने बताउनुभयो । विषयगत क्षेत्रको ज्ञानले विद्यार्थी सिकाई अझै मजबुत हुने भन्दै उहाँले सोही अनुरुप विद्यालयले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरेको बताउनुभयो ।
विद्यालय सञ्चालक संस्था विजय सामुदायिक शिक्षा सहकारी संस्था लि.का अध्यक्ष टिकाराम कंडेलले सहकारी अवधारणा अनुरुप विद्यालय सञ्चालन गरिएको जनाउँदै विद्यालयको गुणस्तर मापन गर्ने कुनै माध्यम नभईरहेको अवस्थामा यो अवार्डले गुणस्तरिय छ भन्ने पुष्टि गरेको बताउनुभयो । यसले विद्यालयको गुणस्तरमापनमा सहयोग पुग्ने बताउँदै आगामी दिनमा सोही अनुरुपका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । साथै यसले अझै हौसला बढेको जनाउँदै उहाँले अवार्ड प्राप्त गर्न सहयोग गर्ने सबैलाई धन्यावाद ज्ञापन गर्नुभयो ।
प्रधानाध्यापक रामचन्द्र न्यौपानेले विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्दै आईरहेको जनाउँदै आगामी दिनमा पनि जीवन उपयोगी ज्ञान दिने बताउनुभयो । साथै उहाँले निरन्तर तीनवर्ष यो अवार्ड प्राप्त गर्न र सोही अनुरुप विद्यालयका सबै शिक्षक, शिक्षिका प्रतिवद्ध रहेको जनाउँदै जीवनउपयोगी कलाको विकासमा क्रियाशिल रहने बताउनुभयो ।
आईएसए कोअर्डिनेटर एवम् सहायक प्रधानाध्यापक रेखा श्रेष्ठले आईएसए अवार्डमा सहभागि भई विभिन्न ९ परियोजना कार्यहरु सञ्चालन भएको जानकारी दिनुभयो । उहाँले अफगानिस्तान लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विद्यालयसँग सहकार्य, विभिन्न संस्कृतिक जात्रा प्रर्दशन, फाईटिङ् ग्लोबल वार्मिङ, गणित विषयसँग सम्बन्धित परियोजना, स्थानिय उत्पादनमा च्याउ उत्पादन, फालिएका प्लाष्टिकका टुक्राबाट चौतारी निर्माण लगायतका क्रियाकलापमा विद्यार्थी सहभागी भएको जानकारी दिनुभयो । साथै उहाँले अन्तर्राष्ट्रिय जगतसँग समन्वय गर्दै शिक्षा प्रदान गर्ने गरेको बताउनुभयो ।
२०५८ सालमा स्थापित विजय सामुदायिक शिक्षा सदनमा हाल १२ सय विद्यार्थी अध्ययनरत छन् ।

Share.

Leave A Reply