‘रवि लामिछाने रिहा हुने सम्भावना कम’/बेलैमा सरकार सचेत नभए प्रणाली बदलिन सक्ने

0

Rabi Lamichhane

हिमा अर्याल, गैडाकोट, ८ भाद्र । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रवि लामिछाने आज रिहा हुने सम्भावना कम भएको बताउनु भएको छ । दोश्रो पटक थपिएको म्याद सकिएपछि आज फेरी लामिछाने सहित तीन जनालाई अदालतमा पेस गरिदै छ । सुरु बाटै निष्पक्ष छानविन नभएको बताउनु भएका अधिवक्ता न्यौपानेले आज पनि रविलाई रिहा गर्ने सम्भावना कम भएको दावि गर्नुभयो । विजय एफ.एम.को कार्यक्रम आजको सवालमा कुराकानी गदै उहाँले अदालतले शर्तमा रिहा गर्न सक्ने बताउदै उहाँले अदालतको निर्णयनै प्रमुख निर्णय हुने बताउनुभयो ।

त्यसो गरे अदालत प्रति जनताको विश्वास बढ्ने उहाँले बताउनु भयो । सालिकराम पुडासैनिको भिडियोले नै सवै छर्लग भएको र ठुलो अनुसन्धान गर्नु पर्ने विषयनै नभएको भन्दै अधिवक्ता न्यौपानेले सरकारले निदाएको बाहाना गरेर नांङ्लो ठटाएर हात्ती तर्साउने काम गरेको आरोप लगाउनुभयो । भष्ट्रचार विरुद्ध खरो कार्यक्रम गर्दै आएका रवि प्रति सरकारको कदम यस्तै भैराखेमा सिष्टम माथि नै प्रश्न उठ्ने स्थिती आउन सक्ने उहाले बताउनुभयो । पुडासैनिको विषय अदालतमा लैजाननै नपर्ने विषय भएको बताउदै उहाँले अव छानविन निष्पक्ष हुनु पर्नेमा जोड दिनुभयो ।

रबि लामिछाने आज रिहा हुने सम्भावना कति छ ?

रबि लामिछाने आज रिहा हुने सम्भावना कति छ ? बहस गर्दै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने

Posted by Vijaya FM on Saturday, 24 August 2019

Share.

Leave A Reply