मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघ गैंडाकोटको अध्यक्षमा क्षेत्री

0

प्रेम क्षेत्री, गैडाकोट, ७ भाद्र । गैडाकोटमा सम्पन्न मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघ गैंडाकोटको सातौं साधारण सभा तथा दोस्रो अधिवेशनले हरि क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा दलबहादुर राना, उपाध्यक्षमा कल्पना देवकोटा, सचिवमा हरि पौडेल, कोषाध्यक्षमा अम्बिका क्षेत्री, सह सचिवमा सिर्जना राना, सह कोषाध्यक्षमा जनक ढकाल रहनुभएको छ । सदस्यहरुमा दुर्गा बस्नेत, यादव खनाल, जनकराज मिश्र, विनोद कंडेल, दिपक खनाल र रामबहादुर भुजेल रहनुभएको छ ।
साधारण सभा कार्यक्रमलाई सम्वोधन गर्दै गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले व्यवसाय सञ्चालन गर्दा मर्यादित भएर गर्न आग्रह गर्नुभयो । संघ र नगर क्षेत्रमा रहेका होटल व्यवसायको प्रवद्र्धनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।
होटल व्यवसायी संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष गौरिश्वर न्यौपानेले गैंडाकोटमा रहेका होटलले पुर्व पश्चिम राजमार्गमा यात्रा गर्ने यात्रु मात्र नभई यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याएको बताउनुभयो ।
नवलपुर होटल व्यवसायी संघका अध्यक्ष वालकृष्ण पौडेलले होटल व्यवसायी मर्यादित भएर सञ्चालन गर्दैगर्दा पनि निकै चुनौतीहरु व्यहोर्नु परेको उल्लेख गर्नुभयो ।
मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघ गैंडाकोटका सल्लाहकार एवम् चितवन होटल व्यवसायी संघका पुर्व अध्यक्ष कमल शर्माले गुणस्तरिय खाना, खाजा, आरमदायी बासको उचित प्रवन्ध भए व्यवसायलाई कहिल्यै असर नहुने बताउनुभयो । कार्यक्रमका अध्यक्ष एवम् मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघका अध्यक्ष अर्जुन पाण्डे शिवले ट्यापे मुन्द्रेहरुले दुःख दिने गरेको बताउँदै प्रहरी प्रशासनले पनि व्यवसायीलाई धराशायी बनाउन खोजेको आरोप लगाउनुभयो । बेलाबखतमा छापा मार्ने, होटल अगाडी नै मापसे चेकजाँच जस्ता कार्यले व्यवसायी त्रसित बनेको बताउनुभयो । उहाँले गेष्ट हाउस आचारसंहिता अनुसार सञ्चालन गर्न आग्रह समेत गर्नुभएको छ । कार्यक्रममा संघका सचिव विष्णुबहादुर जिसीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष विरेन्द्रलाल श्रेष्ठले तयार पार्नुभएको आर्थिक प्रतिवेदन सह कोषाध्यक्ष हरी क्षेत्रीले प्रस्तुत गर्नुभएको थियो । होटल व्यवसायीहरुको हक हित र संरक्षणका लागि क्रियाशिल मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघ गैंडाकोटमा झण्डै तीन सय होटलहरु आवद्ध छन् ।

Share.

Leave A Reply