नेपाली कांग्रेस गैंडाकोट ५ द्वारा वडाका जेयष्ठ नागरिकलाई सम्मान

0

गैंडाकोट । नेपाली कांग्रेस गैंडाकोट ५ ले शनिबार वडाका जेयष्ठ नागरिकलाई सम्मान गरेको छ । गैंडाकोट ५ विकास चोकमा भएको कार्यक्रममा वडाका ४ वटा टोल आर्दश सरस्वती, विकास, पूर्ण र भवानी टोलका १०७ जना जेयष्ठ नागरिकलाई सम्मान गरेको नेपाली कांग्रेसका वडा सभापति गोविन्द घिमिरेले जानकारी दिनुभयो । सो अवसरमा १२५ जनालाई साधारण सदस्यता वितरण गरिएको उहाँले बताउनुभयो । कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै उहाँले युवा र जेयष्ठ नागरिकलाई सँग सँगै लिएर अघि वढे पार्टी बलिया हुने बताउँदै सोही अनुरुप दोस्रो चरणको कार्यक्रम गरिएको बताउनुभयो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि नवलपरासी (वर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ (क) यसै क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेस संसदिय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले समाजका जेयष्ठ नागरिक प्रेरणाको स्रोत रहेको बताउनुभयो । नेपाली कांग्रेसले समाजका हरेक पक्षलाई सम्मान गर्ने बताउँदै उहाँले अब पार्टीका गतिविधीलाई अझै सक्रिय रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले अरुबेला कांग्रेस बन्ने तर चुनावमा नबन्ने प्रवृति देखिएको बताउँदै पार्टीप्रति प्रतिवद्ध हुनुपर्ने कुरामा जोड दिनुभयो ।


नेपाली कांग्रेसका जिल्ला सभापति एवम् गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछानेले जेयष्ठ नागरिकप्रतिको सम्मानले पुण्य मिल्ने बताउँदै यस कार्यमा पार्टी संधै अघि रहेको बताउनुभयो । नतिजा प्राप्त गर्न हरेक वडा, नगर तथा पार्टीका सदस्यहरु सक्रियरुपमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टीका सदस्यहरु आफैं सच्चिनु पर्ने बेला आएको समेत उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष ओमप्रसाद सापकोटा, महासमिति सदस्य मदनभक्त अधिकारी, गैंडाकोट नगर उप प्रमुख विष्णुकुमारी कंडेल, क्षेत्रिय सभापति द्रोण वन, नेविसंघका जिल्ला सभापति राजेश पौडेल, नगर सभापति तारपति खरेल, नेपाल महिला संघकी जिल्ला कोषाध्यक्ष शान्ती न्यापाने, किसान संघ केन्द्रीय सदस्य तुलसी गौतम, गैंडाकोट नगरकार्यपालिका सदस्य रेखा पौडेल, वुथ सभापति शालिकराम घिमिरे, टोल सञ्जालका अध्यक्ष पशुपति रिजाल, महिला संघ वडा सभापति मानकुमारी घिमिरे, नेविसंघ वडा समन्वय समितिका संयोजक धनराज कंडेल लगायतको उपस्थिती रहेको थियो । गैंडाकोट ५ की वडा सदस्य पार्वती सापकोटाले स्वागत गर्नुभएको सो कार्यक्रम पार्टीका वडा सचिव लक्ष्मण कंडेलले सहजिकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply