अरुण खोला पुल मर्मतमा अझै २ दिन लाग्ने ,कालोबजारी रोक्न उद्योग वाणिज्य सक्रिय

0

डोलराज रानाभाट, गैडाकोट, ६ भाद्र । पूर्व पश्चिम राजमार्गमा अवस्थित अरुण खोलाको पुल मर्मत सकिन अझै दुइ दिन लाग्ने भएको छ । आज शुक्रवारबाट पुलबाटै सवारी संचालन गर्न सकिने बताइएपनि अन्तत थप दुई दिन लाग्ने अरुण खोलाका प्रहरी इन्सपेक्टर जनक बुढाले जानकारी दिनुभयो । आज विज्ञसहितको टोलीले मर्मत भइरहेको पुलको निरीक्षण गरेको र थप दुई दिन समय मागेको उहाँले बताउनुभयो । अहिले नट बोल्ट कस्ने कामहरु भइरहेको र सिमेन्टको जोडाईमा समेत क्षती पुगेकाले त्यसको मर्मतका लागि थप दुइ दिन लाग्ने भएको हो ।

भोलि र पर्सि मेसिनबाट उक्त जोडाईले पूर्णता पाउने र त्यसपछि पुलबाटै सवारी संचालन गरिने इन्सपेक्टर बुढाले बताउनुभयो । अहिले अस्थायी डाईभर्सनबाटै सवारी आवतजावत भइरहेको छ । आजपनि सवारी संचालन भइरहेको उहाँले जानकारी दिनुभयो । यसैविच सवारी जामको मौका छोपेर यात्रुहरुसँग कालोबजारी गर्नेहरुलाई हटाउन मध्यविन्दु उद्योग वाणिज्य संघले चाउचाउ पानी विस्कुट लगायतका सामाग्री विक्रि गरेको छ ।

सानो सवारीनै लिएर वाणिज्य संघले सुपथ मुल्यमा ति वस्तुहरु विक्रि वितरण गरिरहेको हो । यात्रुहरु समस्यामा परेकाबेला राहात होस भनेर उनिहरुलाई सुपथ मूल्यमा खाद्यय सामाग्रि ,पानि विक्रि ,बितरण गरिरहेको हो । संघले सम्पुर्ण व्यावसायी, होटल लाई समेत सुलभ दरमा खाद्यन्न सामाग्री र खाना उपलब्ध गराउन आग्रह समेत गरेको छ ।

Share.

Leave A Reply