नारायणी कला मन्दिरले गर्यो रोपाई जात्रा, युवाको संलग्नता राम्रो

0

डोलराज रानाभाट, गैडाकोट, ६ भाद्र । चितवनको नारायणगढमा रहेको नारायणी कला मन्दिरले आज रोपाई जात्रा गरेको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर आज दिउसो ३ बजेबाट जात्रा निकालिएको अध्यक्ष अमरदेव प्रधानले जानकारी दिनुभयो । जात्रासहित बजार परिक्रममा गरिएको थियो । नेवार समुदायको प्रमुख चाड रोपाई जात्रामा युवाको सहभागिता बढ्दो रहेको बताउँदै अध्यक्ष प्रधानले संस्कृती संरक्षणमा स्थानिय तहको सहयोग र चासो पर्याप्त नभएको बताउनुभयो ।

केहि आर्थिक सहयोग हुने गरेको भएतापनि पर्याप्ट बजेट नहुनु, नीति तथा नियमहरु नबनाइनु आदि कारणले यसको संरक्षणमा चुनौति थपिएको बताउनुभाये । यद्यपी यसमा युवाहरुको संलग्नता भने राम्रो रहेको उहाँको दावी थियो ।

विजय एफ एमको कार्यक्रम आजको सवालमा कुराकानी गदै अध्यक्ष प्रधानले एक पटक रोपाई जात्रामा ४ लाख सम्म खर्च लाग्ने भन्दै यसको निरन्ताका लागि चुनौती थपिदै गएको बताउनुभयो। कला संस्कृतिको संरक्षणमा कला मन्दिर निरन्तर लागिरहेको बताउनुभयो ।

Share.

Leave A Reply