नारायणी कला मन्दिरले आज रोपाई जात्रा गर्दै, जात्रामा युवाको संलग्नता राम्रो

0

हिमा अर्यालय, गैडाकोट, ६ भाद्र । नारायणी कला मन्दिर नारायणगढका अध्यक्ष अमरदेव प्रधानले नेवार समुदायको प्रमुख चाड रोपाई जात्रामा युवाको सहभागिता बढ्दो रहेको बताउनु भएको छ । श्रीकृष्णजन्माष्टमीको अवसरमा आज रोपाई जात्रा निकाल्ने जानकारी गराउदै अध्यक्ष प्रधानले रोपाई जात्रामा स्थानिय निकायको सहयोग पर्याप्त नभएको तर केहि आर्थिक सहयोग भने हुने गरेको बताउनुभयो । विजय एफ एमको कार्यक्रम आजको सवालमा कुराकानी गदै अध्यक्ष प्रधानले स्थानीय तहबाट संकृती जर्गेनाको लागि बजेट कम प्राप्त हुने भएकाले संरक्षणमा थप चुनौतिपुर्ण बन्दै गएको बताउनुभयो ।

 

आज दिउसो ३ बजेबाट जात्रा निकालीने जनाउदै अध्यक्ष प्रधानले रोपाई जात्रामा ४ लाख सम्म खर्च लाग्ने जानकारी दिदै आर्थिक पाटोमा केही समस्या रहकाले यसको संरक्षणमा चुनौती रहेको बताउनुभयो । कला संस्कृतिको पहिचान गर्दै संरक्षणमा कला मन्दिर निरन्तर अगाडि बढ्ने बताउदै उहाँले जात्रामा सहभागि बनेर सहयोग गर्न आव्हान समेत गर्नु भएको छ ।

Share.

Leave A Reply