विकू २९ औँ वर्षमा, आधुनिक तथा प्रविधियुक्त वित्तिय सेवा प्रदान गर्ने प्रतिवद्धता

0

प्रेम क्षेत्री,गैडाकोट, ५ भाद्र । विकू बचत तथा ऋण सहकारी संस्था लि २९ औं वर्षमा प्रवेश गरेको छ । हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ सदस्य भन्ने अभिप्रायका साथ अघि वढेको विकुले सदस्यमैत्री सेवा, सेवाग्राहीको हित, साथमा सरल र सहज ढङ्गले उत्पादनशिल क्षेत्रमा लगानी गर्दै आधुनिक तथा प्रविधियुक्त वित्तिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

 

विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २९ औं स्थापन दिवसको दिन देखाएको उत्कृष्ट नाच ।।

Posted by Vijaya FM on Thursday, 22 August 2019

बिहिबार विजय सामुदायिक शिक्ष सदनमा आयोजित २९ औं विकु स्थापना दिवस कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक मन्त्रालयका सचिव महेशप्रसाद दहालले विकुले गरेको कार्य प्रशंसनिययोग्य रहेको बताउनुभयो । उहाँले विकू एक पाठशालाको रुपमा विकसित हुदैं गरेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा कावासोती नगरपालिका उप प्रमुख प्रेमशंकर मर्दनियाले विकू समाजको एक उदाहरणिय संस्था रहेको बताउनुभयो । विकूका हरेक सदस्यको मेहनतले यो सफलता हात पारेको उल्लेख गर्दै उत्कृष्ट संस्थाका रुपमा कायम रहिरहोस् भन्ने कामना व्यक्त गर्नुभयो ।
मध्यविन्दु नगरपालिकाका उप प्रमुख ओमकुमारी महतोले मध्यविन्दुमा सेवा केन्द्र विस्तार भएपछि स्थानीयलाई लाभ मिलेको उल्लेख गर्दै जिल्लाका पिछडीएका समुदायलाई अघि ल्याउन विकू सफल रहेको बताउनुभयो । उहाँले विकू नमुना संस्था रहेको बताउनुभयो ।
हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले सामाजिक विकासमा विकूले टेवा पु¥याएको उल्लेख गर्दै विकूसँग हातेमालो गर्दै सिक्दै अघि वढ्ने बताउनुभयो ।
विकूका पुर्व अध्यक्ष ईन्द्रराजज्योती पौडेलले नेपालमा नै दोस्रो वढि सदस्य रहेको सहकारी विकु भएपनि सेवाका हिसाबले पहिलो र उत्कृष्ट सहकारी रहेको बताउनुभयो ।
जिल्ला सहकारी संघ लि. का जिल्ला अध्यक्ष केशवप्रसाद सापकोटाले विकूले गैंडाकोटलाई अन्तराष्ट्रिय जगतमा चिनाएको उल्लेख गर्नुभयो ।
प्रवद्र्धकिय संस्था विजय विकास स्रोत केन्द्रका अध्यक्ष हरिलाल सापकोटाले विकू व्यक्ति भन्दा पनि नीति र विधी अनुसार चल्ने गरेको बताउनुभयो । उहाँले नयाँ नयाँ प्रविधिलाई आत्मसाथ गरेकै कारण विकूले ठुलो सफलता हात पारेको बताउनुभयो ।
शिक्षा उप समिति संयोजक एवम् सञ्चालक ओमप्रसाद सापकोटाले विकू नीति विधी र प्रविधिलाई आत्मसाथ गरेकै कारण राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल रहेको बताउनुभयो । यो समुदायको नमूना संस्था रहेको उहाँको भनाई छ ।
त्यस्तै मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष एवम् चोरमारा सेवा केन्द्रका अध्यक्ष केदारप्रसाद पराजुलीले मध्यविन्दुमा सेवा केन्द्र स्थापना पश्चात यहाँका नागरिकको जिवनस्तरमा सुधार आएको बताउनुभयो ।
विकूका संस्थापक सदस्य तारा शर्माले स्थापनाकालमा गरेको संघर्षबारे जानकारी गराउँदै अन्तराष्ट्रिय स्तरमा ख्याती कायम रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा सर्वोत्कृष्ट सेवा केन्द्रका रुपमा चोरमारा सेवा केन्द्र, उत्कृष्ट सेवा केन्द्र अमरापुरी सेका केन्द्र, उत्कृष्ट व्यवस्थापन भैंसाखोरी सेवा केन्द्र, वर्ष उत्कृष्ट ईन्चार्ज चोरमारा सेवा केन्द्रका भिमबहादुर थनेत, कर्मचारीतर्फ सर्वोत्कृष्ट अवार्ड राजकुमार कुमाल, उत्कृष्ट कर्मचारी सवारीचालक श्रीधर कंडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विकूका संस्थापक अध्यक्ष खेमराज सापकोटा, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधवप्रसाद गौतम नेफस्कुनका सञ्चालक चन्द्रप्रसाद शर्मा पौडेल, विजय परिवारका सदस्य संस्थाका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।
विकू बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष त्रैलोक्यनाथ खरेलको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष कालिदास गौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्थाका सचिव गोविन्द रिमाल र प्रमुख अधिकृत माधवप्रसाद पौडेलले सहजिकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply