साहारा नेपालद्धारा कालिका माविका विद्यार्थीलाई पोषाक वितरण

0

गैडाकोट, ५ भाद्र । साहारा नेपाल सस्थाले गैडाकोट ८ मा अवस्थित कालिका माविको कक्षा ३ मा अध्ययनरत ३० जना र असहाय १ जना सहित ३१ जनालाई बिद्यालय पोशाक वितरण गरेको छ । कक्षा ६ मा पढ्ने अपाङता भएकी छात्रा सलिना पोखरेललाई कक्षा १० सम्म कपि कलम सहित पोषाक र अन्य विद्यार्थीहरुलाई विद्यालय पोषाक मात्र प्रदान गरिएको हो । सस्थाका अध्यक्ष बालकृष्ण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रमुख अतिथि प्रजानाथ कंडेलले गर्नुभएको शिक्षक राजु पुरीले जानकारी दिनुभयो । सस्थाका व्यवस्थापक तथा समाजसेवी नेपाल प्रहरीका केन्द्रिय संगठन विभाग सदस्य रामकृष्ण कार्कीले सस्थाको बारेमा प्रष्ट पानुभएको थियो । कार्यक्रममा अपाङ्ग संघ गैडाकोटका अध्यक्ष कृष्ण सुवेदीको पनि उपस्थिती थियो ।

Share.

Leave A Reply