मौलाकालिका मन्दिर जाने बाटोको दायावाया वृक्षारोपण

0

सरु चापागाइ, गैडाकोट, ५ भाद्र । मौलाकाली सामुदायिक वन उपभोक्ता समुहको बार्षिक कार्यक्रम् अन्तर्ग्त विहिबार मौलाकालीका मन्दिर जाने बाटोको दाया बाया वृक्षारोपण गरिएको छ। रानिबोल,कपुर ,धुपि जातका १५० विरुवा रोपिएको अध्यक्ष काशिनाथ कडेलले जानकारी दिनुभयो । बिहीबार भएको वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले बाताबरण संरक्षणकालागि वृक्षारोण गनर््ुपर्ने आजको आवश्यकता भएको बताउँदै अव बाताबरण संरक्षण संगै वृक्षारोपण कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्ने बताउनुभयो ।


कार्यक्रमका बिशिष्ट अतिथि डिभिजन बन कार्यलय नवलपुरका प्रमुख पुर्णश्वर सुवेदीले आजको प्रमुख कामनै वन बातावरण संरक्षण सँगै वृक्षारोपण कार्यलाइ निरन्तरता दिदै जानुपर्ने र डिविजन वन सधै सहयोग गर्न तयार रहेको बतान्ुभयो। सगै विहिबारनै मौलाकालि वनले गैँडाले घाइते वनाएको गैडाकोट २ का आइतबहादुर बोटेलाई नगद ३ लाख ६० हजार र गैडाकोटका चन्द्रमणि शर्मालाई १ लाख ६० हजार ,धन बाहाद्ुर ग्ुरुङलाई १ लाख ६० हजार सहायोग गरेको छ । कार्यक्रममा नारायण्ीा सामुदायिक वन, हर्दि केलादि वन नन्दन सामुदायिक , जयश्री साम्ुदायिक वन र गैडाकोट १ र २ का वडा अध्यक्षको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण सचिव गोमा चालिसेले गर्नुभएको कार्यक्रम वनका अध्यक्ष काशिनाथ कडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply