विजय एफएम गौरवमय १६ औं वर्षमा प्रवेश ,

0

 

गैडाकोट, भाद्र ५

विजय एफएम १०१.६ आजदेखि गौरवमय १६ औं वर्षमा प्रवेश गरेको छ । विजय विकास स्रोत केन्द्रको सभाहलमा आयोजना गरेको १६ औं वार्षिकोत्सव मूल समारोह कार्यक्रममा बोल्दै प्रमुख अतिथि नवलपरासी (वर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ (क) यसै क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेस संसदिय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुलकमा शुसासन स्थापना गर्न एफएमले भुमिका खेलेको बताउँदै विजय परिवारको अन्तराष्ट्रिय जगतमा छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो । नमुना सञ्चारग्राम अभियान मार्फत गरेको कामको प्रशंसा गर्दै उहाँले जनप्रतिनिधीलाई उत्तरदायि बनाउनेखालका कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

विशिष्ट अतिथि गैंडाकोट नगरपालिकाका नगर उपप्रमुख विष्णुकुमारी कंडेलले विजय एफएमले सत्य तथ्य सुचना र समाचार सँगै सुशासनका लागि क्रियाशिल रहेको बताउँदै नगर गैंडाकोट ३ लाई नमुनाका रुपमा प्रस्तुत गर्न सफल रहेको बताउनुभयो । एफएमका निगरानीका कारण नै सरोकारवालाहरुको ध्यानाकार्षण भएको जनाउँदै उहाँले स्थानीयले राहतको महशुष गर्न पाएको बताउनुभयो । साथै उहाँले आगामी दिनमा नगरपालिकाको तर्फबाट सहयोग गर्ने बताउनुभयो ।

विशिष्ट अतिथि गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्यले एफएमले आम नागरिकको सुसुचित हुन पाउने अधिकारलाई पुर्ति गरेको जनाउँदै सुसुचित हुने कार्यमात्र नभई नगरका समस्या समाधानको पहल र सम्भावनको खोजी गरेको बताउनुभयो । साथै उहाँले समृद्ध नगर बनाउन एफएमले भुमिका खेलेको जनाउँदै आगामी दिनमा अझ सशक्तरुपमा गर्न सकोस् भन्ने सुभेच्छा व्यक्त गर्नुभयो ।

प्रवर्धकिय संस्था विजय विकास स्रोत केन्द्रका अध्यक्ष हरिलाल सापकोटाले नागरकिलाई सुसुचित गराउन स्थापना गरिएको संस्थाले समाजमा उदाहरिण कार्य प्रस्तुत गर्दै गएको बताउनुभयो । विजय विकास स्रोत केन्द्रको अगुवाईमा प्रवर्धन गरिएका अन्य ७ वटा संस्थाले आआफ्नो पहिचान बनाउन सफल भएको बताउँदै विजय संस्थाको प्रगतिको कामना गर्नुभयो ।
विजय एफएम १०१.६ को सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि. का निवर्तमान अध्यक्ष एवम् वर्तमान सञ्चालक ईन्द्रराज ज्योती पौडेलले १६ वर्षमा प्रवेश गर्नु भनेको युवा अवस्थामा प्रवेश गर्नुरहेको जनाउँदै एफएम अझ परिपक्व बन्दै गएको बताउनुभयो ।


विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लि. का सल्लाहकार समिति सदस्य तिलकप्रसाद सापकोटाले समाजमा सकरात्मक प्रभाव पार्नेखालका कार्यक्रम ल्याउन सुझाव दिदैँ संस्थाको उन्नतीको कामना गर्नुभयो । अर्का सल्लाहकार कृष्णप्रसाद घिमिरेले एफएमले समाजमा बनाएको पहिचानका कारण नै यसको उचाई वढ्दै गएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले विजय एफएमले गाउँ गाउँमा पुगेर आवाज विहिनहरुको आवाजको रुपमा काम गरेको बताउँदै यस क्षेत्रको नै उत्कृष्ट रेडियोका रुपमा पहिचान बनाउन सफल रहेको बताउनुभयो ।

विजय एफएम १०१.६ ले १५ औं वार्षिकोत्सवका अवसरमा गतसाल गैंडाकोट ३ लाई २०७५ साल भाद्र ५ गतेदेखी २०७६ भाद्र ५ गतेसम्म नमूना ग्राम सञ्चार अभियान घोषणा गरि अभियानको थालनी गरेको थियो । कार्यक्रममा सो अभियानका क्रममा भएका गतिविधी समेटि तयार पारिएको वृतचित्र प्रदर्शन गरिएको थियो । सो अवसरमा नमुना सञ्चार ग्राम अभियानलाई सफल गराउन गरेको योगदानको कदर गर्दै सहायक स्टेशन म्यानेजर एवम् समाचार सम्पादक प्रेम क्षेत्री, जनसम्पर्क अधिकारी तिलक सुवेदी, रिपोर्टर पवित्रा पराजुली, रिपोर्टर माया कंडेल, गैंडाकोट ३ का सामाजिक परिचालक ईन्द्रज्योती पोखरेललाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो । गैंडाकोट ३ का वडाअध्यक्ष शिवकान्त तिवारीलाई कृतज्ञतापत्र हस्तान्तरण गरिएको थियो । वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको वक्तृतवकला प्रतियोगिताका उत्कृष्ट ५ बाट सर्वोत्कृष्ट बन्न सफल विजय सामुदायिक शिक्षा सदनकी साहारा सापकोटालाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।


गैंडाकोटका नगरपालिकाका वडाअध्यक्षहरु हरिप्रसाद सापकोटा, शिवकान्त तिवारी, कृष्णप्रसाद न्यौपाने, लक्ष्मिप्रसाद सापकोटा, चोलानाथ उपाध्याय, डिलाराम रिजाल, प्रेमप्रसाद सापकोटा, देविदत्त कंडेल, कोकीसरा रानामगर, रामकुमार श्रेष्ठ, तिलबहादुर चितौरे मगर, नगर कार्यपालिका सदस्यहरु कान्तीमाया पुरी गिरी, कुमारी रेखा पौडेल, मेनुका कंडेल, संगिता घिमिरे, भीमबहादुर कुमाल, सुकबहादुर दराई, वडा सदस्यहरु गोविन्द कोईराला, राजेन्द्रप्रसाद उपाध्याय, राधिका कंडेल लगायतको उपस्थिती रहेको थियो ।


त्यस्तै विजय एफएम १०१.६ को सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि. का संस्थापक अध्यक्ष खेमराज सापकोटा, प्रवर्धकिय संस्था विकू बचत तथा ऋण सहकारी संस्था लि. का सचिव गोविन्द रिमाल, विजय सामुदायिक शिक्षा सहकारी संस्था लि. का अध्यक्ष टिकाराम कंडेल, विजय कन्सल्टिङ प्रा. लि.का अध्यक्ष एवम् विजय लघुवित्त वित्तिय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्साल, विजयश्री उपभोक्ता सहकारी संस्था लि. का उपाध्यक्ष माधवप्रसाद पौडेल, विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लि. का लेखा समिति संयोजक वेदप्रसाद गौडेल, सल्लाहकार सिद्धकुमार श्रेष्ठ, विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लि. का सञ्चालकज्यूहरु, उप समिति सदस्य, पुर्व सञ्चालक, सेयर सदस्यहरु, सहयोगी विज्ञापनदाता लगायतको उपस्थिती रहेको थियो ।


विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लि. का सचिव नारायणप्रसाद सापकोटाले स्वागत गर्नुभएको सो कार्यक्रमको सहजिकरण एफएमका सहायक स्टेशन म्यानेजर प्रेम क्षेत्रीले गर्नुभएको थियो । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि. का अध्यक्ष गोपीनाथ खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समुदायको सूचनामा पहुँच वृद्धि गरी शसक्तिकरण गर्नु, सामाजिक, आर्थिक, एवं सांस्कृतिक पक्षमा सकरात्मक प्रभाव पार्नु, सामाजिक विकासमा सहयोग पु¥याउनु, पारदर्शीता, सुशासन, लोकतान्त्रिक अभ्यास र संस्कारलाइ समुदायस्तर सम्म फैलाउने उदेश्य लिएर विजय एफ एमको स्थापना भएको एफएमका अध्यक्ष गोपीनाथ खरेलले जानकारी दिनुभयो । यसले सुशासन, सामुदायिक विकास, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र सञ्चारमा सबैको पहुँचविस्तारका लागि काम गर्दै आएको उहाँले बताउनुभयो ।

विजय एफ एम १०१.६ ले नमुना ग्राम सञ्चार अभियानसँगै विकास र सुशासन, अर्थ तथा वित्तिय कार्यक्रम, शिक्षा तथा स्वास्थ्यका कार्यक्रम, वातावरण तथा कृषि, धर्मसंस्कृति तथा भाषाभाषिका कार्यक्रम र मनोरञ्जनात्मक कार्यक्रमहरुलाई प्रमुख प्राथमिकताका साथ प्रसारण गर्दै आएको एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो ।


वार्षिकोत्सवका कार्यक्रम अन्र्तगत नगर स्तरिय खुल्ला वक्तृत्वकला प्रतियोगिता, टोलटोलमा विजय कार्यक्रम सञ्चालन गरेको थियो । स्रोता आफन्तसँग अन्तरक्रिया गर्नुका साथै गाउँ टोलमा रहेका समस्या पहिचान तथा सम्भावनाको खोजी गरेको थियो ।
‘सत्य तथ्य सूचनाको सञ्चार, जनसशक्तीकरणको मूल आधार’ भन्ने भावलाई आत्मसात् गर्दै विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा स्थापित विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले २०६१ सालदेखी सामुदायिक रेडियो विजय एफएम सञ्चालन गरेको हो । विजय एफ एम १०१.६ नवलपरासीको पहिलो रेडियो हो । यसैगरी यस सहकारीले वि.सं. २०७२ सालबाट विजय खबर पत्रिका सञ्चालन गरेको छ ।

Share.

Leave A Reply