विजय एफएम गौरवमय १६ औं वर्षमा

0


गैंडाकोट
विजय एफएम १०१.६ यही भाद्र ५ गतेदेखि गौरवमय १६ औं वर्षमा प्रवेश गर्दै छ । १६ औं वार्षिकोत्सव कार्यक्रम अन्तर्गत भाद्र ५ गते बिहिबार बिहान साढे ७ बजे विजय विकास स्रोत केन्द्रमा मुल समारोहको आयोजना गरिएको एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो । ‘सत्य तथ्य सूचनाको सञ्चार, जनसशक्तीकरणको मूल आधार’ भन्ने भावलाई आत्मसात् गर्दै विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा स्थापित विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले २०६१ सालदेखी सामुदायिक रेडियो विजय एफएम सञ्चालन गरेको हो । विजय एफ एम १०१.६ नवलपरासीको पहिलो रेडियो हो । यसैगरी यस सहकारीले वि.सं. २०७२ सालबाट विजय खबर पत्रिका सञ्चालन गरेको छ । समुदायको सूचनामा पहुँच वृद्धि गरी शसक्तिकरण गर्नु, सामाजिक, आर्थिक, एवं सांस्कृतिक पक्षमा सकरात्मक प्रभाव पार्नु, सामाजिक विकासमा सहयोग पु¥याउनु, पारदर्शीता, सुशासन, लोकतान्त्रिक अभ्यास र संस्कारलाइ समुदायस्तर सम्म फैलाउने उदेश्य लिएर विजय एफ एमको स्थापना भएको एफएमका अध्यक्ष गोपीनाथ खरेलले जानकारी दिनुभयो । यसले सुशासन, सामुदायिक विकास, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र सञ्चारमा सबैको पहुँचविस्तारका लागि काम गर्दै आएको उहाँले बताउनुभयो । विजय एफ एम १०१.६ ले नमुना ग्राम सञ्चार अभियानसँगै विकास र सुशासन, अर्थ तथा वित्तिय कार्यक्रम, शिक्षा तथा स्वास्थ्यका कार्यक्रम, वातावरण तथा कृषि, धर्मसंस्कृति तथा भाषाभाषिका कार्यक्रम र मनोरञ्जनात्मक कार्यक्रमहरुलाई प्रमुख प्राथमिकताका साथ प्रसारण गर्दै आएको एफएमका सहायक स्टेशन म्यानेजर प्रेम क्षेत्रीले जानकारी दिनुभयो । वार्षिकोत्सवका कार्यक्रम अन्र्तगत नगर स्तरिय खुल्ला वक्तृत्वकला प्रतियोगिता, टोलटोलमा विजय कार्यक्रम सञ्चालन गरेको थियो । स्रोता आफन्तसँग अन्तरक्रिया गर्नुका साथै गाउँ टोलमा रहेका समस्या पहिचान तथा सम्भावनाको खोजी गरेको थियो ।

Share.

Leave A Reply