विटामिनले पुरीयो गैडाकोट क्षेत्रका खाल्डाखुल्डी

0

तस्बिर ः संयोग रेग्मी

डोलराज रानाभाट, गैडाकोट, ३ भाद्र । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गैडाकोट खण्डमा रहेका खाल्डाखुल्डी आज पुरिएको छ । नारायणगढ बुटवल सडक चार लेनको जिम्मा पाएको चाइना कम्पनीले आज कालोपत्रैनै हालेर खाल्डाखुल्डी पुरेको हो । यस अघि ग्राभेल मात्रैले खाल्डाखुल्डी टालेको कम्पनीले आज पूर्ण मर्मत गरेको छ । इलाका प्रहरी कार्यालय गैडाकोट अगाडी केहि भाग वाँकी रहेको र त्यसलाई पानी नपरे भोलिसम्ममा सकाउने कम्पनीले जनाएको छ ।

ग्रोभलले मात्रै खाल्डाखुल्डी पुरेपछि स्थानीयले गुनासो गरेका थिए । पानी परेपछि र ठूला ठूला सवारीका टायरले ग्राभेल उछ्टीएपछि समस्या उस्तै हुँदा स्थानीय आक्रोसित थिए । लामो समय विग्रिएको बाटो मर्मत नहुँदा यात्रु देखि ड्युटीका प्रहरी समेत धुुलो र हिलोले हैरानी थिए । अहिले गिट्टी सहित विटामिनको प्रयोगले खाल्डाखुल्डी टालिएको र छिट्टै सोही समस्या नदोहोरिने कम्पनीको भनाई छ ।

Share.

Leave A Reply