ढलेको रुख हटाउने कार्य जारी/बैकल्पिक बाटोबाट भएपनि छिटो विद्युत सुचारु गरिदै

0

डोलराज रानाभाट, गैडाकोट, २ भाद्र । गैडाकोट नगरपालिकाको शसस्त्र वेसक्याम्प नजिकै रुख ढलेपछि विद्युत सेवा अवरुद्ध भएको छ । हिजो साँझ परेको चट्याङ सहितको हावा पानीका कारण रुख ढल्न पुगेको थियो । ढलेको रुखले विद्युतको तार चुडेपछि विद्युत लाईन नआएपछि उपभोक्ता समस्यामा परेका छन् । मुकुन्दपुरबाट संचालिन गैडाकोट ११ केभि फिडर पूर्ण रुपमा अवरुद्ध भएको हो । हिजो साँझ रुख ढलेको भएपनि त्यसलाई हटाउने कार्य आज विहानबाटै सुरु गरिएको नेपाल विद्युत प्राधिकरण गैडाकोट प्रशाखा प्रमुख सुजन रिजालले जानकारी दिनुभयो । ढलेको रुख हटाई तारको मर्मत गरेपछि विद्युत सेवा सुचारु हुने र त्यसका लागि समय लाग्ने भएको छ । सम्भवत विहान ११ बजेसम्म विद्युत सेवा सुचनारु हुने रिजालले बताउनुभयो । यो हटाई मर्मत गर्न समय लाग्ने हूँदा अहिले बैकल्पिक बाटोबाट भएपनि लाईन प्रवाह गर्ने प्रयास जारी रहेको उहाँको भनाई छ ।

Share.

Leave A Reply